मन्त्री रघुवीर भन्छन्ः रामवीर मानन्धरले राजीनामा दिनु जरुरी छैन

मन्त्री रघुवीर भन्छन्ः रामवीर मानन्धरले राजीनामा दिनु जरुरी छैन

काठमाडौंः  भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतमले चुनाव लड्नेबारे कुनै आधिकारिक निर्णय नभएको बताएका छन् । 

‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना बुझ्नुभएको छ’, उनले भने, ‘तर, उहाँ चुनाव लड्नुहुन्छ भनेर मलाई चाहीँ व्यक्तिगत रुपमा विश्वास छैन् । यदि लड्नुभयो भने उहाँलाई सिँगो पार्टी एक भएर विजयी बनाउँछौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले निर्णय नै नभएको विषयमा हल्ला गर्नु उचित नहुने पनि बताए । 

‘वामदेव कामरेड चुनाव लड्ने भनेर न पार्टीभित्र आधिकारिक निर्णय भएको छ, न त उहाँ आँफैले निर्णय गर्नुभएको छ । उहाँ चुनाव लड्न तयार हुनुभयो भने उहाँको लागि छोड्न माननीयहरु तयार हुनुहुन्छ’, उनले भने, ‘अहिले माननीय सांसद रामवीर मानन्धरले राजीनामा दिने भन्नुभएको छ तर,  दिनुभएको छैन । र, उहाँले राजिनामा दिन जरुरी पनि छैन ।’ 

उनले पार्टीबाट आधिकारिक निर्णय नभएसम्म रामवीरले राजीनामा दिन नहुने पनि बताए । ‘पार्टीले निर्णय गर्यो भने म पनि छोड्न तयार छु । पार्टीले निर्णय गरे हामी जोसुकै निर्वाचित सांसदपनि छोड्न तयार छौं । हाम्रो पार्टीको निर्णय अगाडि व्यक्तिको केही चल्दैन’, उनले थपे । 

महासेठले सरकार अहिले संकटमा नभएको पनि जिकिर गरे । उनले भने, ‘सरकार दुईतिहाइको छ । हामी दायाँ÷बायाँ नहेरी अब ५ वर्ष देश र जनताको हितमा काम गर्छौं ।’

उनले अबको पाँच वर्षभित्र वर्तमान सरकारले कसैले नसोचेको प्रगति र विकास गरेर देखाइदिने पनि दाबी गरे । उनले भने, ‘जनतासामू गरेका सबै प्रतिबद्धताहरु हामी पूरा गरेर छाड्छौं । आउने दश वर्षभित्र त नेपाल कहाँबाट कहाँ पुग्छ ? कसैले कल्पनापनि गर्न सक्दैन ।’ 

उनले सकार गठन भएको यो करिब ८ महिनामा इतिहासमै सम्झना हुने काम भएको पनि जिकिर गरे । ‘हाम्रो सरकार गठन हुनुपुर्व मुलुकमा एकात्मक शासन प्रणाली थियो । तर, हामी आएपछि संघात्मक प्रणालीमा प्रवेश गरेको छ’, उनले भने, ‘स्थानीय, प्रादेशिक र संघीय सरकारलाई आवश्यक कानुन बनाउने काम हामीले गर्यौं । घोषणापत्रमार्फत अघि सारेका सबै कार्यक्रम पूरा गर्छौं । तर, यसको लागि केही समय लाग्छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.