गलत रिपोर्ट दिने डाक्टर निलम्बित

गलत रिपोर्ट दिने डाक्टर निलम्बित

काठमाडौं : गलत रिपोर्ट दिने दुई डाक्टर निलम्बनमा परेका छन्। धनुषाकी एक बलात्कृत बालिकाको शारीरिक जाँच गर्ने चिकित्सकद्वय डा. रम्भा गोइत र डा. विजयकुमार सिंहले गलत रिपोर्ट दिएका थिए। त्यसैले उनीहरूलाई निलम्बन गरिएको नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ।

काउन्सिलले गठित गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा उनीहरूलाई बुधबार निलम्बन गरिएको हो। उनीहरूका व्यावसायिक प्रमाणपत्र निलम्बन गर्ने र चिकित्सकीय अभ्यासबाट समेत वञ्चित गराउने निर्णय गरिएको काउन्सिलका सदस्य तथा प्रवक्ता डा.कृष्णप्रसाद अधिकारीले बताए। अर्को निर्णय नभएसम्मका लागि चिकित्सकद्वयको व्यावसायिक प्रमाणपत्र निलम्बन गरिएको हो।

धनुषाकी एक बालिकामाथि भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पतालका चिकित्सकले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरकफरक पाइएको थियो। गत भदौ ८ गते राति बालिकामाथि स्थानीय २३ वर्षीय युवकले करणी गरेको अभियोग छ।

फरकफरक स्वास्थ्य परीक्षण प्रतिवेदनका सम्बन्धमा छानबिन गरी वास्तविकता पत्ता लगाई गलत प्रतिवेदन दिने डाक्टरलाई आवश्यक कारबाहीका लागि गृह मन्त्रालय र महान्यायाधिवक्ता कार्यालयले काउन्सिलमा पत्र पठाएको थियो। सोही आधारमा काउन्सिलका सदस्य डा. कालुसिंह खत्रीको संयोजकत्वमा डा. हरिहर वस्ती र डा. मधु तुम्बाहाम्फे र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव पुष्करराज नेपालसहितको छानबिन समिति गठन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.