नैतिकताको मापदण्ड

नैतिकताको मापदण्ड

मैले उसलाई खुसीले औपचारिक रूपमा आदर र सम्मान गरें। मनमा कुनै कुण्ठा, घृणा, द्वेष, आक्रोश, संकोच र पूर्वाग्रह राखिनँ। उसलाई आदर गर्नु मेरो नैतिक कर्तव्य नै थियो। हिन्दु मान्यताअनुसार आफ्ना अग्रजलाई आदर र सम्मान गर्नुपर्छ भन्नेल हाम्रो संस्कृति छ। शत्रुलाई पनि ठीक सल्लाह दिन र राम्रो बाटो देखाउनुपर्छ भन्नेर आदर्श सुक्तिलाई यसै मौकामा सम्झिएँ। ऊ चौघेराको निवासमा हुँदा मैले उसलाई दुईपटक भेट्ने प्रयास गरें, तर पाइनँ। उसलाई भेट गर्नुपर्ने बाध्यताको मेरो उत्कट चाहना र त्यो उसले नचाहने इच्छाबीच जुरेको परिस्थितिजन्य संयोगले मसँग हुन गएको उसको भेटलाई आफ्नो सौभाग्य नै ठानी खुला र शून्य मनले सम्मान गरें। मप्रति उसले गरेको उपेक्षामा त्यस भेटमा उससँग कुनै सोधखोज पनि गरिनँ।

वृत्ति विकासमा उसबाट म उपेक्षित भइसकेको छु। मलाई नहुनुपर्ने क्षति र पीडा भइसक्यो, त्यो नोक्सानीको पूर्ति र त्यो स्थान पनि अब मलाई प्राप्तत हुन सक्दैन। त्यसैले मैले उसलाई सामुन्नेस र अनुपस्थितिमा पनि उपेक्षा र अनादर गरिरहनुको तुक छैन। श्रद्धाविहीनको आदरले पनि त आखिर औपचारिकता पूरा गरिहाल्छ नि।

उसले मलाई अरूभन्दा फरक हुनुप‍र्‍यो भन्ने गर्थ्यो। समान स्तर र सक्षमताबीचको कस्तो फरक हो ? मैले बुझ्न नसके पनि उससँग सोधिनँ। आखिर विलक्षण र असाधारण त कोही पनि थिएनन्। मैले बुझें— उससँगको मेरो विगतको औपचारिक भेटघाटले मात्र विश्वा स र आत्मीयता बन्नन सकेको रहेनछ, त्यसैले त म उसबाट उपेक्षित भए हुँला। उसले मलाई उपेक्षा गर्ला भनेर विश्वास नै गरिनँ, त्यसैले उसले गरेको उपेक्षा मैले पत्तै पाउन सकिनँ। उसले पाएको सूचनाबाट म गलतै भए पनि त्यो जानकारी त मैले पाउनै पर्दथ्यो। सिकायत गर्ने, नरुचाउने, प्रतिस्पर्धीले सूचना दिने र ऊ लिने हुँदा उनीहरू र सूचनाबाट प्रभावित भएको म व्यक्तिबीच त नैतिक अनैतिक, सदाचार दूराचार र सक्षम र अक्षमको मापदण्डमा सत्य र धर्म सम्झिएर एक प्रकारले तुलना त गरिनु नै पर्दथ्यो। महत्वाकांक्षी र होडबाजीको आजको संसारमा जोकोहीले पनि आफूसमान वा बढी अरू पनि सक्षम, योग्य र इमानदार छन् भनेर सोच्ने र महसुस गर्ने प्रवृत्ति नै बहुत कम रहने गरेको छ। कसैको पनि क्षमता र कार्य सम्पादनमा असाधारणपन हुनु अपवाद हुने भए पनि ऊ आफू रहेको पोजिसन पनि महत्वपूर्ण नै हुने गर्छ। यो पूर्णतः उपेक्षा नै गर्न नहुने तथ्य हो।

मानिसको प्रवृत्ति नै आफूले आफैंलाई र सिद्धान्त, विचार नाता, उठबस र विशेष सेवाबाट नजिक भएका आफ्नालाई मात्र राम्रो, योग्य, सक्षम र इमानदार ठान्नेछ कमजोर प्रवृत्ति हुँदो रहेछ। आफ्नो र आफ्नाको गल्ती, दोष र कमजोरी देख्नेर र महसुस गर्ने प्रवृत्ति नै मानिसमा कहाँ हुन्छ र ? फेरि जोकोही पनि आफ्नो वृत्ति विकासमा अग्रसर र प्रयासरत हुनु मानवीय स्वभाव हुने भए पनि नोकरीको नियमित सेवामा आफ्नो स्थानसम्म सीमित रहने आकांक्षा नै बढी प्रशंसनीय हुने गर्छ। त्यसको अपवाद जोकोही पनि नहुन सक्ला तर आफ्नो अधिकार र स्थान खोज्नु जोकोहीको पनि नैतिक अधिकार त जरुर हुने गर्छ। मानिसले जीवन एक जुनी मात्र बाँच्ने, ऐस र भोग पनि निश्चि्त समय र उमेरसम्म मात्र हुने हो, ती सबै मृत्युपछि पनि घाटसम्मै पुग्दैन भन्ने् कटुसत्यलाई मानिसहरूले बिर्सिरहेको हुँदा रहेछन्।

ऊ विद्वान् र संस्थागत कार्यमा धेरै हदसम्म सफल र सबैको आदरणीय पनि थियो। उसबाट गलत निर्णय र कार्य हुन्छन् भनेर सायदै कसैले सोच्थ्यो होला। उसका नजिकका व्यक्तिहरू भन्नेउ गर्थे, ‘धर्ती फाटे र आकाशै झरे पनि ऊ कसैले भनेको सुन्दैन, आफ्नो विवेकले देखेको कार्य गर्छ।’ ऊ स्वयंले पनि अरूलाई भन्ने गर्थ्यो, ‘फलानाको मनै कालो’, ‘अमूक व्यक्तिमै केन्द्रित हुँदा निर्णय र कार्य कहाँ हुन सक्छ र ?’ उसको कार्यप्रति आशंकाका स्वर आउने गर्दा उसले आफ्ना वरिपरिकालाई भन्नेम गर्थ्यो– आजसम्म मैले जानेर कसैलाई अन्याय गरेको छैन, अब पूर्वसन्ध्यामा मैले त्यसो गरूँला र ? आशंका गरेजस्तै उसको कार्य व्यवहारमा परिणत भएपछि ती अभिव्यक्ति सुन्ने  उसका नजिक र भित्रिया भएर वृत्ति विकासमा फड्को  मार्ने दाउमा रहेका व्यक्तिहरू पनि उसको यस्तो शैलीको कार्य परिणामबाट धोका पाएपछि नै भन्न थाले, ‘उसको त विचार र भन्ने एउटा, गर्ने अर्को कार्य, अरूलाई जे दोष दियो आफूले त्यही गर्ने र नियतै खराब राख्नेथ चटके बानी नै हामीले पहिले पत्तो पाएका रहेनछौं।

एउटा संस्था प्रमुखमा हुनुपर्ने समानता, निष्पक्षता, सत्य, धर्म, सदाचार, समभाव, दया, करुणाको स्वभावविपरीत मानवीयविरुद्धका यस्ता खतरनाक कार्यशैली र अन्तरघाती स्वभाव आफ्नै मर्यादा र प्रतिष्ठामका लागि पनि उपयुक्त मानिँदैनन्। व्यक्ति अध्ययन, लेखन र बोल्नमा विद्वान्, शिल्पी र तार्किक भए पनि आवेग, उद्‌वेग, सनक र लहडमा काम गर्ने स्वभाव, खराब नियत, पूर्वाग्रही र विवेकहीन भएपछि जति गुण, क्षमता र योग्यता भए पनि ती गौण हुन पुग्ने गर्छन्। अझ अचम्मको तथ्य त यिनीहरू नै राज्य र समाजमा न्याय, समानता, भ्रातृत्व र मानव अधिकारको पक्षपाती, भ्रष्टावचारविरोधी र सदाचारीका रूपमा नागरिक समाजका अगुवा भएर भ्रम छर्नसमेत सफल भइरहेका छन्। निष्पक्ष, स्वतन्त्र, इमानदार, तपस्वी, आदर्शवान्, सत्मार्गी र सदाचारी व्यक्ति वास्तविक तथ्यकै भ्रममा परेर उनीहरूको पछिपछि लागेका छन्।

नियतिका रूपमा कसैबाट हुने यस्ता कार्य परिणामले जोकोही पनि कार्य र कर्तव्यको मार्ग र निष्ठाकप्रति कत्ति पनि विचलित नभई निरन्तर स्वचित्तले सत्मार्गमा लागिरहनुको अर्को श्रेयस्कर विकल्प हुन सक्दैन।

वास्तवमा विवेक नभएका, हठी, घमण्डी, सन्की र लहडी, निष्पक्ष हुनै नसक्ने , मोलाहिजा, स्वार्थ र प्रभावमा पर्ने, काम र निर्णयलगायत हरेक कुरामा आत्मसमर्पण गर्ने, जातीयता र लैंगिकतामा विभिन्नन दृष्टिकोणबाट बढी नै पक्षघाती हुने, अरूको वैशाखी टेकेर निर्देशनमा चल्ने र आफ्ना नजिकप्रति अकारण नै बढी झुकाव र विश्वास राख्ने व्यक्ति उच्च पदमा बस्न नैतिक रूपले सुहाउँदैन। उनीहरू जति उच्च भए पनि तिनले न त निष्पहक्ष भएर कार्य गर्न, न त सबैको आदरणीय नै हुन सक्छन्। त्यसो त मूल्यांकन गर्ने व्यक्ति मूल्यांकित हुनेभन्दा सदाचार र नैतिकताको तुलनामा बढी उच्च हुनुपर्ने हुन्छ।

अनैतिकले नैतिकवान् र दुराचारीले सदाचारीलाई र साथै जातीयता र लैंगिकतामा अन्धो पक्षपाती, आफू, आफ्ना र आफन्त विरुद्धका सूचना सबै झूटा र अरूविरुद्धका सूचना बनाउने, सुन्ने  र ती सबै साँचो हुने पूर्वाग्रही सोच मात्र राख्नेआले मूल्यांकन गर्न नै सुहाउँदैन। गलत निर्णय भए पनि शक्तिको अगाडि मानिस नतमस्तक हुने रहेछ भने अन्यायमा परेको व्यक्ति शक्तिविरुद्ध आक्रोशित भई प्रतिकार गर्नेबाहेक अरू उपाय पनि प्रायशः निष्प्रभावी नै हुने गर्छ।

मानिसले आफू नै सर्वगुण र क्षमताले सम्पन्नक र सर्वशक्तिवान् छु र सर्वकाल भइरहन्छु भन्नेन सम्झी शक्तिशाली भएको मौकामै आफ्नै अभीष्ट  पूरा गर्नेतर्फ अग्रसर हुनु हुँदैन। शक्ति र बलको आडमा गरिने कुनै पनि कार्यले दुष्परिणाम ल्याउन सक्छ। सत्ता र शक्तिको उन्मादले मत्ता हात्ती झैं आफ्नै अभीष्ट मात्र पूरा गर्न खोज्दाको परिणाम अन्ततः आफ्नै अवमूल्यन हुने तथ्य अवश्यम्भावी छ। अभीष्ट शक्तिको उन्माद र स्वेच्छाचारिताले मात्र पूरा हुने र त्यो पूरा गर्न केही समय लाग्ने हुँदा त्यसबीचका अवरोध हटाउन अघिदेखि नै षड्यतन्त्रको चक्रव्युह रच्दै बढ्नुपर्ने हुन्छ। यसैले शक्ति, षड्यन्त्र र अभीष्ट खराब नियत राख्ने व्यक्तिका पर्याय हुने रहेछन्।

मेरा अभिभावक भन्नुरहुन्थ्यो, ‘सय भारी खर काट्ने र त्यसमा आगो लगाउने व्यक्तिलाई समान रूपमा राख्ने हुँदैन।’ ‘गुहु र गोबरलाई छुट्याउनुपर्छ’, ‘साधुलाई सुली र चोरलाई चौतारी’ हुनु हुँदैन। कुनै पनि संस्थामा आज यी सूक्तिहरूको कुनै अर्थ नै छैन। कसैका पञ्चिपराध पनि माफ हुने, कसैका आङका जुम्रा पनि भैंसीसरह देख्नेे परिपाटी नै स्थायी नीति बन्न  गइरहेको छ। इमानीको समाउने ठाउँ हुन्छ, बेइमानीको केही पनि हुँदो रहेनछ।

विद्वान् नै बुद्धिजीवी र सज्जसन हुने गर्छन्, धूर्त, फटाहा र बदनियती हुँदैनन् भन्नेन हाम्रो बुझाइ रहेको छ। व्यक्ति जति विद्वान् हुन्छ, त्यत्तिकै खतरनाक पनि हुन्छन् भन्नेन उक्तिलाई हामीले कमै मात्र बुझ्ने र सम्झने गरेका छौं। तर राज्य सञ्चा्लनका क्रियाकलापमा यी मान्यता विषाक्त रूपमा स्वचालित रहने गरेको तथ्यप्रति हामीमध्ये कमै मात्र जानकार रहने गरेका छौं। विद्वान् व्यक्तिबाट राज्य सञ्चाालनमा हुने उसका त्यस्ता खतरनाक कार्यशैली र निर्णयबाट पर्ने दूरगामी प्रभाव एवम् परिणामले राज्य र संस्थामा लामो समयसम्म नराम्रो प्रभाव पारिरहन्छ।

विगत केही महिनादेखि म भिन्नर सोचाइबाट अघि बढिरहेको छु। कुनै अप्रत्याशित घटनाले मानिसको सोचाइ र स्वभावदेखि अन्य क्रियाकलापसम्ममा विल्कुलै परिवर्तन ल्याउने रहेछ। यस्ता घटना कसैबाट दुराशययुक्त र नियोजित रूपमा गरिने र हुने भए पनि सम्बन्धितलाई अप्रत्याशित र आकस्मिक रूपमा भएको महसुस हुने गर्छ। व्यक्तिका जीवनमा निराशा, हतोत्साही, कमजोर आत्मबल, नकारात्मक सोचाइ र कर्मप्रति वितृष्णा नल्याउने होइन। नियतिका रूपमा कसैबाट हुने यस्ता कार्य परिणामले जोकोही पनि कार्य र कर्तव्यको मार्ग र निष्ठाइप्रति कत्ति पनि विचलित नभई निरन्तर स्वचित्तले सत्मार्गमा लागिरहनुको अर्को श्रेयस्कर विकल्प हुन सक्दैन। जगत्लाई यस्ता आकस्मिक घटनाबाट पर्ने भ्रममा विश्वारस दिलाउने योभन्दा अर्को उत्तम बाटो नै हुन नसक्दो रहेछ।

कोही कसैबाट उपेक्षित भए पनि उसप्रतिको मानवीय सम्मान र व्यवहारमा न्यूनतम मान्यताका मापदण्डहरूलाई त्यागिहाल्नु हुँदैन। अन्याय गर्नेभन्दा अन्याय सहने नै बढी दोषी हुने गर्छ, तर त्यसको सट्टामा प्रतिकार, दुव्र्यवहार, अमर्यादित र अमानवीय शैलीमा व्यवहार गर्नु पनि किमार्थ उचित होइन। अन्यायीलाई सम्मान र आदर गर्नुको अर्थ उसले गरेको अन्यायपूर्ण कार्यलाई स्विकारेको पनि मान्नु हुँदैन। यस ब्रह्माण्डमा ईश्वदरीय प्रभाव व्याप्त छ।

निश्चतय पनि उनले हामी मानव जगत्बाट भए गरिएका न्यायअन्याय, सत्कर्म र दुष्कर्मको कार्य र व्यवहार आत्माको सम्बन्धबाट नियालिरहेका हुन्छन्। संस्थाभित्र र बाहिर पनि सार्वजनिक रूपमै बौद्धिक र तटस्थ समुदायले सार्वजनिक जिम्मेवारीको उच्च स्थानमा बसेका व्यक्तिहरूबाट भएगरेका कार्यमा मूल्यांकन गरेर एक प्रकारको आफ्नै धारणा पनि बनाइरहेका हुन्छन्। हामीले यसैको अनुभूतिबाटै सन्तोष लिने हो।

अन्त्यमा, योग्यता, क्षमता, विद्वता, नैतिकता, सदनियत र विवेक अलगअलग चिज भए पनि ती सबै हरेक अंग र संस्थाबाट वस्तुगत रूपमै अंगीकार हुन सकेमा यथार्थमा ती सबैको आस्था र विश्वासको केन्द्र बन्नण जान्छन्, अन्यथा तीप्रति औपचारिकबाहेक अन्तस्करणबाट वास्तविक श्रद्धा, आस्था र विश्वास भने हुन सक्दैन। आस्थासहित र रहितको विश्वास र सम्मान भने दुई पृथक् चिज हुन्, जोकोहीबाट पनि भएका पीडा बिर्सिएर उसलाई हार्दिकताका साथ श्रद्धा गर्न र उसप्रति आस्था राख्न् त कसैको मनले पनि मान्दैन। आस्था र श्रद्धा त कसैको कर्मप्रतिको अनुभूतिबाट स्वाभाविक रूपमा हृदयदेखि नै स्वतः आउने चिज हुन्।

–केसी सर्वोच्च अदालतका न्यायाधीश हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.