बैतडीमा अखाद्य सामग्री नष्ट

बैतडीमा अखाद्य सामग्री नष्ट

बैतडी : जिल्लाको पाटन नगरपालिका- ६ स्थित पाटन बजारमा अनुगमन टोलीले १० हजार बढीको अखाद्य वस्तु बरामद गरी नष्ट गरेको छ। जिल्ला प्रशासनको अगुवाईमा बुधबार गरिएको अनुगमनका क्रममा धेरैजसो खुद्रा पसलमा म्याद नाघेका सामग्री फेला परेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश घिमिरेले बताए।

उनले भने, 'जिल्लाका धेरै ठाउँमा बजार अनुगमन गर्दा म्याद नाघेका सामग्री फेला परेका छन्। व्यापारी पनि उपभोग्य वस्तुको मिति नहेरेरै खरिद गर्छन्। उपभोक्ताले पनि मिति हेर्ने गरेका छैनन्। यसले गर्दा बजारमा म्याद नाघेका सामग्री बिगबिगी बढ्यो।'

तराईका जिल्लाबाट ल्याइने सामग्री म्याद सकिनै लाग्दा बिक्रीका लागि ल्याइने गरेको पाइएको छ। 'हामीले अनुगमन गर्दा एक दिन अघि व्यापारीबाटै खरिद गरिएको सामग्रीको म्याद सकिएको पायौं। यसले के प्रष्ट हुन्छ भने तराईबाट पहाडमा आयत हुने सामग्री म्याद सकिएपछि मात्रै पठाउने गरिएको छ, अनुगमन टोलीका सदस्य दत्तराम बडुले भने, ' यो विषयमा न व्यापारी सचेत छन् न त उपभोक्ता नै।'

पाटन बजार क्षेत्रका ५० पसलमा गरिएको अनुगमनका क्रममा पिठो,तेल, पेय पदार्थ म्याद नाघेको पाइएको अनुगमनमा सहभागी पाटन नगरपालिकाका नायब सुब्बा गीता भण्डारीले बताइन्। उनले भनिन्, 'अनुगमनका क्रममा धेरैजसो पसल सम्बन्धित निकायमा दर्ता समेत भएका छैनन्। हामीले दर्ता गर्न पनि निर्देशन दिएका छौं। म्याद हेरर मात्रै सामग्री खरिद बिक्री गर्न आग्रह गरेका छौं।'

चाडपर्वका बेला मात्रै हुने अनुगमन अन्य बेला पनि निरन्तरता दिएमा व्यापारी उपभोक्ता अधिकारका बारेमा सचेत हुने उद्योग वाणिज्य संघ पाटनका सचिव शंकरदत्त भट्टले बताए। उनले भने, 'पछिल्ला वर्षमा भइरहेको अनुगमनले बजारमा केही सुधार आएको छ। प्रत्येक तीन महिनामा अनुगमन गर्न सकियो भने म्याद नाघेका सामग्री बिक्री वितरणमा रोक लगाउन सकिन्छ ।'

बुधबार अनुगमनका क्रममा फेला परेका सामग्री सबैको रहोबरमा जलाएर नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ। जिल्लाका मुख्य बजारमा दसैं अघि अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.