जनकपुर आइपुग्यो ब्रोडगेज रेल

जनकपुर आइपुग्यो ब्रोडगेज रेल

जनकपुरधाम : अक्टोबर महिनाभित्रै सञ्चालनको लक्ष्य लिइएको जनकपुर–जयनगर ब्रोडगेज रेल परीक्षण सञ्चालनका क्रममा ५३ बोगी सहितको गाडी ल्याइएको छ। भारतको जयनगरबाट ५३ वटा बोगीमा ब्लास्ट बोकेर जनकपुर रेल्वे स्टेसनसम्म आइपुगेको रेलको परीक्षण सफल भएको रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले बताए।

भारतीय रेल विभागबाट उपलब्ध रेल भारतकै प्राविधिकले सञ्चालन गरेका थिए। यसअघि पहिलो पटक जनकपुरबाट खजुरीसम्म र दोस्रो पटक इन्जन मात्र जनकपुरसम्म परीक्षण गरिएको थियो। ब्रोडगेज रेलअन्तर्गत पहिलो पटक यति धेरै बोगीसहित गाडी जनकपुर आएको देखेर सर्वसाधारण निकै उत्साहित थिए। रेल्वे लिक वरपर स्थानीयको भीड लागेको थियो। रेल १० किलोमिटर प्रतिघण्टा दरले गुडी जनकपुर आएको थियो।

रेल सञ्चालनको आवश्यक पूर्वाधार निर्माण सम्पन्न हुने चरणमा भए पनि रेलको इन्जिन र कोचसम्बन्धी टुंगो नलागेका कारण रेल नियमित सञ्चालनमा आउने निश्चित भने देखिएको छैन। नेपाल सरकार रेल विभागमातहत रेल्वे कम्पनीमा हाल १७ जना मात्र स्थायी कर्मचारी छन्। २ सय १ जनालाई अवकास दिइएको छ।

भारतले सात अर्ब भारतीय रुपैयाँको लगानीमा रेल सेवा निर्माणको काम अघि बढाएको छ। पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर छ। त्यस्तै दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल सेवा सञ्चालनको लागि पूर्वाधार निर्माणको कार्यलाई तीव्रता दिइएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.