पर्यटन प्रवर्धन गर्न टिस्टुङ महोत्वस

पर्यटन प्रवर्धन गर्न टिस्टुङ महोत्वस

हेटौंडा : मकवानपुरको उत्तरी पर्यटकीय नगरी थाहा नगरपालिका–९ बज्रबाराहीमा टिस्टुङ महोत्सव–२०७५ सुरु भएको छ ।

स्थानीय उत्पादनको प्रवर्धन गर्दै पर्यटन क्षेत्रको प्रचारको उद्देश्यले महोत्सव भएको बताइएको छ । महोत्सव उद्घाटन गर्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यस क्षेत्रलाई तीन नम्बर प्रदेशकै प्रमुख पर्यटकीय गन्तब्य बनाउन प्रदेश सरकार लागिपरेको बताए ।

प्रदेश सरकारले यसअघि नै ‘घुम्न जाऔँ दामन’ वर्ष घोषणा गरेको छ । हील स्टेशन निर्माण र ३ नम्बर प्रदेशको पर्यटन गन्तब्यको रुपमा पनि इन्द्रसरोबरलाई घोषणा गरिएको छ । यस क्षेत्रलाई प्रदेश सरकारले काठमाडौं नजिकको ‘सुन्दर पर्यटन गन्तब्य’को रुपमा प्रचार गर्दै आएको छ ।

असोज २७ गतेसम्म चल्ने टिस्टुङ महोत्सवमा एकसय ६० वटा स्टल रहेको महोत्सव मूल समारोह समितिका अध्यक्ष इन्द्र श्रेष्ठले बताए । महोत्सवमा स्थानीय नेवार समुदायको सांस्कृतिक  झाँकी प्रदर्शनी, मौलिक खानका परिकार, कृषि उपज प्रदर्शनी तथा बिक्री, घरेलु सामाग्री प्रदर्शन तथा बिक्री, ऐतिहासिक तथा धार्मिक क्षेत्रको अवलोकन गर्न पाईन्छ ।

काठमाडौंबाट १३ किलोमिटर दूरीमा रहेका थाहानगरको चित्लाङ र बज्रवाराहीमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्दो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.