प्रहरीलाई समय अनुसार रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

प्रहरीलाई समय अनुसार रुपान्तरण गर्नुपर्छ : मुख्यमन्त्री पौडेल

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीलाई समय सापेक्ष रुपान्तरण गर्दै लनुपर्ने बताएका छन्। 

६३ औँ प्रहरी दिवसको अवसरमा बिहीबार ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई पर्याप्त स्रोत साधन प्रदान गर्दै अझै दक्ष बनाउनुपर्नेमा जोड दिए। 

प्रदेश अनुसन्धान ब्युरोको स्थापना गरी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै पौडेलले प्रदेशका ६० भन्दा बढी इकाईमा नयाँ भवन निर्माण सुरु भइसकेको जानकारी दिए । प्रदेश तीनमा प्रहरी तालिम केन्द्रको स्थापना गरी कार्यन्वयनमा ल्याउने योजना रहेको समेत उनले बताए । 

यस्तै प्रदेश तीनका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश प्रहरी ऐन नहुँदा समस्या भएको बताए । संघीय प्रहरी ऐन नबन्दा प्रदेश प्रहरी ऐन बनाएर काम गर्न नसकिएको उनको भनाइ छ । 

तीन नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपककुमार थापाले संघीयता कार्यान्वयनको सन्दर्भमा आउनसक्ने चुनौतीबारे प्रहरी सजग रहेको भन्दै शान्ति सुरक्षा कामय गर्न प्रतिबद्ध रहेको बताए । 

प्रहरी दिवसको अवसरमा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न प्रहरी एवं खेलाडीलाई समेत सम्मान गरेको छ । उत्कृष्ट प्रहरीको रुपमा कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा प्रदेश ३ का मुख्य न्यायाधीवक्ता सूर्यचन्द्र न्यौपाने, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामालगायत उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.