प्रदेश-२ का मुख्यमन्त्रीको कार्यालय घेराउ
जनकपुरधाम : प्रदेश प्रहरी ऐनमा पिछडा वर्गलाई समावेश गनुपर्नेलगायतका माग राखेर अखिल नेपाल पिछडा वर्ग महासंघले बिहीबार जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेको छ।
महासंघका केन्द्रीय अध्यक्ष भरतप्रसाद महतोको नेतृत्वमा युवाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका हुन् । विभिन्न माग उल्लेखित व्यानर बोकेका उनीहरु कार्यालयको मुलद्धारमा घण्टौंसम्म उभिएर प्रदर्शन समेत गरे।
पिछडा वर्ग आरक्षण लागू गर्नुपर्ने, मगही र भोजपुरी भाषा विकास बोर्ड गठन गर्नुपर्ने, महंगी भोजपुरी भाषालाई कामकाजी भाषा काम गर्नुपर्नेलगायतका माग महासंघको माग छ।
महासंघका अध्यक्ष महतोले प्रदेश सरकारले माग पूरा नगरेसम्म निरन्तर आन्दोलन गरिरहने चेतावनी दिए। उनले पटक पटक प्रदर्शन तथा घेराउ गरेपनि प्रदेश सरकार उदासिन बनेको आरोप लगाए। महासंघले यसअघि प्रदेशसभा अगाडी प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र समेत बुझाइसकेका छन्।