प्रहरी दिवसमा ११ कर्मचारी पुरस्कृत

प्रहरी दिवसमा ११ कर्मचारी पुरस्कृत

बैतडी : जिल्ला प्रहरी कार्यालयले प्रहरी दिवसको अवसरमा एघारजना प्रहरी कर्मचारी पुरस्कृत एवं सम्मानित भएका छन्।  दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा प्रहरी कर्मचारीलाई पुरस्कृत एवं सम्मानित गरिएको प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताए।

उनले भने, 'प्रहरी सेवामा उत्कृष्ट काम गर्ने एघारजनालाई हामीले पुरस्कृत एवं सम्मानित गरेका हौं। इमान्दारी हिसाबले आफ्नो कर्तव्यमा लाग्ने कर्मचारीलाई पुरस्कृत गरेका छौं।' दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक कान्तिराज जोशी, प्रहरी नायव निरीक्षक विरेन्द्रबहादुर चन्द, प्रहरी सहायक निरीक्षक करनसिंह धामी र सागर लामिछानेलाई पुरस्कृत गरिएको छ ।

यस्तै प्रहरी चौकी खोचेलकमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामसिंह महरा,जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार गजाधर महरा, इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी हवलदार मीनबहादुर बम र प्रहरीचौकी बाराकोटमा कार्यरत प्रहरी हवलदार भानबहादुर चन्दलाई पुरस्कृत गरिएको छ।

यसैगरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान उद्धव साउँद, तेजबहादुर चन्द तथा इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी जवान कलावती ऐरलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

उत्कृष्ट प्रहरी कर्मचारीलाई सुदूरपश्चिम प्रदेशसभाका सांसद लीलाधर भट्ट, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रममा बोल्दै प्रदेश सांसद भट्टले सकारात्मक सोचका साथ सबैले अघि बढ्नुपर्ने बताए। उनले भने, 'अहिले हाम्रो समाजमा सकारात्मक सोच र खोजको खाँचो छ। सकारात्मक सोचका साथ अघि बढे समृद्धि टाढा छैन्।देश विभिन्न किसिमले समृद्धिको दिशामा गइसकेको छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.