फुटबल खेल्न हिँडेका युवाको पौडी खेल्ने क्रममा मृत्यु

फुटबल खेल्न हिँडेका युवाको पौडी खेल्ने क्रममा मृत्यु

फिदिम : पौडी खेल्ने क्रममा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ।  

पाँचथर र ताप्लेजुङको सिमानाको धिमालेस्थित इवा खोलाले बगाएर हिलिहाङ गाउँपालिका ५ सिम्लेका युगल सुहाङको मृत्यु भएको हो।
 

फुटबल खेल्न ताप्लेजुङतर्फ जाने क्रममा गर्मी भएपछि साथीसँगै पौडी खेल्न खोलामा पसेका सुहाङलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो। 

बेपत्ता सुहाङलाई खोजी गर्ने क्रममा मृत अवस्थामा ताप्लेजुङ प्रहरीले फेला पारेको हो। खोलामा बेपत्ता भएको केही समयपछि सुहाङको शव मृत अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.