२१ वर्षीय युवाको हत्या, कारवाही माग गर्दै स्थानीयकाे नाराजुलुस

२१ वर्षीय युवाको हत्या, कारवाही माग गर्दै स्थानीयकाे नाराजुलुस

राजविराज : एक समूहको धारिलो हतियार प्रहारले राजविराज–१ डुमरी शिवथानका २१ वर्षीय प्रेम यादवको मृत्यु भएको छ ।

२० भन्दा बढी युवाको समूहले हतियार प्रहार गरी भागेपछि घाइते यादवको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । गत मंगलबार बिहान राजविराज–२ स्थित पीस जोन बोर्डिङ्ग स्कुल अगाडि बाटोमा यादवलाई घेरा हाली राजविराज–११ फर्सेठका युवाको समूहले आक्रमण गरेका थिए ।

घाइते यादवको बिराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका परिवारका सदस्यले बताए । यादवको शवको पोष्टमार्टम विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भएको छ । हत्यामा संलग्न सबै फरार भए पनि उनीहरुको पहिचान खुलिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए ।

डिएसपी रिमालले पुरानो रिसइवीका कारण हत्या गरिएको खुल्न आएको बताए । यादवको मृत्युपछि प्रहरीले आरोपितहरुको खोजी कार्य तिब्र पारेको बताएको छ । यस क्रममा अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरिसकेको छ । पोष्टमार्टमपछि स्थानीयवासीले राजविराजमा मृतकको शवसहित नगर परिक्रमा गर्दै हत्यारालाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेका छन् । बिहीबार स्थानीयले दिनभर नाराजुलुस गरी कारवाहीकाे माग गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.