प्रेरणादायी कैदी : जेलभित्रै उद्यम, मनग्य आम्दानी

प्रेरणादायी कैदी : जेलभित्रै उद्यम, मनग्य आम्दानी

गाईघाट : अपराध गर्नेलाई दण्ड दिने ठाउँ मात्रै हैन कारागार । सँगै प्रायश्चित गर्ने ठाउँ पनि हो ।

गाईघाटको जिल्ला कारागार त सुधारगृह जस्तै बनेको छ । यहाँका कैदी बन्दीहरुले नयाँ सीपमुलक काम गर्दैआएका छन् । तीन दर्जनको हाराहारीमा रहेका उनीहरुले पछिल्लो समय त उद्यमीको रुपमा आफ्नो पहिचान बनाएका छन् ।

रोचक त के भने उनीहरु कारागारभित्रैबाट आफ्ना सीपमुलक उत्पादन बेचेर परिवारको दैनिक खर्च जुटाउँदै आएका छन् । ५ वर्षदेखि जेल जीवन बिताइरहेका देवेन्द्र अधिकारी पलङ, आल्ना, टेबल लगायत फर्निचरका सामाग्री बनाउँछन् ।

क्यारेमबोर्ड खेलेरै बिताउने समय सीपमुलक काममा लगाउन पाउँदा खुसी लागेको बताउँछन् देवेन्द्र । यसरी उत्पादन गर्ने फर्निचरका सामाग्री जिल्ला बाहिर पनि बिक्री गर्दैआएको उनले बताए ।

अधिकारी जस्तै प्रकाश राई, वीरबहादुर मगर, झगरे दमाई मुढा बनाएर आयआर्जन गरिरहेका छन् । उनीहरुका अनुसार एक जनाले दैनिक कम्तिमा एउटा मुढा तयार पार्न सम्भव छ ।मुढा चाहिँ ४ सय ५० रुपैँयाको दरले बिक्री हुँदै आएको उनीहरुले बताए । साथै मुढा बनाएरै आफूहरुले मासिक २० हजारसम्म आम्दानी गर्ने गरेको उनीहरुले सुनाए । त्यसो त, कारागारबाट मुक्त भएपछि उद्योग नै स्थापना गर्ने योजनामा छन् अधिकांश कैदी बन्दीहरु । ‘एक जना हेल्पर पाउने भए त छोटो समयमै बनाउन सकिन्थ्यो,’ देवेन्द्रले भने, ‘यहाँबाट छुटेपछि त उद्योग नै स्थापना गर्ने छु ।’

निर्मित सामाग्री बजार भने प्रसस्त नरहेको उनीहरुको गुनासो छ । बजारको अभावका कारण केही सामाग्री त गोदाममै थन्किने गरेको झगर दनुवार बताउँछन् । दनुवारले भने, ‘बनाउन केही समस्या छैन्, बनेको सामग्री बिक्री गर्न समस्या छ ।’ सामान बिक्रीका लागि बजार व्यवस्थापनमा सहयोग गरिदिन उनीहरुले कारागारमै अपिल पनि गरेका छन् । कतिपयले त आफैले निर्माण गरेका सामाग्री श्रीमति वा परिवारका सदस्यलाई बिक्रीका लागि बजार पठाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.