'ललितपुरमा बनेको थियो जनयुद्धको खाका'
ललितपुर : नेकपा अध्यक्ष पुष्पकमल दाहालले सशस्त्र द्वन्द्वको खाका ललितपुरमा बसेर बनाएको बताएका छन् । अन्य महŒवपूर्ण राष्ट्रिय उपलब्धि पनि यहीँ बसेर प्राप्त गरेको उनको भनाइ छ ।
नेकपा ललितपुरले शुक्रबार आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले आफ्ना लागि ललितपुर महŒवपूर्ण रहेको धारणा राखे । ‘यहीँकै बगलामुखी, कुम्भेश्वरमा बसेर त्यति ठूलो जनयुद्धको खाका तयार पारें’, उनले भने । दाहाल अहिले ललितपुरको ढोलाहिटी बस्छन् ।
ललितपुर पहिलेदेखि नै प्रगतीशील जिल्ला भएको र यहाँका जनता पनि परिवर्तनकारी, न्यायप्रेमी भएको उनको भनाइ छ । तर ललितपुरमा बसेर हासिल गरेको कम्युनिस्टको एकतालाई प्रतिक्रियावादीले मन नपराएको दाहालको बुझाइ छ । त्यस्ता तŒवले सरकारले गरेका राम्रा कामको प्रचार पनि नरुचाएको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि चीनसँगको टे«ड एन्ड ट्रान्जिटको विषयमा छलफल भएको र नेपाल ल्यान्डलक मात्र नभई ‘ल्यान्डलिंक कन्ट्री’का रूपमा परिणत भएको दाहालले बताए । ‘हाम्रै पालामा कनेक्टिभिटीको क्षेत्रमा नयाँ क्षितिज उघारिएको छ’, उनले भने ।
अहिले सबैभन्दा धेरै गुनासो सडक र धूलोधूवाँका विषयमा रहेको उनको भनाइ छ । त्यसैले अर्काे वर्षभित्र उपत्यकाका सबै सडक कालोपत्रे गरिसक्ने गरी काम अघि बढेको उनले बताए।