गुर्जा हिमालमा हिमपहिरो, ४ नेपालीसहित ८ को मृत्यु

गुर्जा हिमालमा हिमपहिरो, ४ नेपालीसहित ८ को मृत्यु

काठमाडौं : म्याग्दीको गुर्जा हिमालमा शुक्रबार राति पहिरो जाँदा चार नेपालीसहित ८ जनाको मृत्यु भएको छ। बुर्जा हिमाल आरोहरणमा रहेका चारजना कोरियाली पर्यटक र उनीहरूको साथमा रहेका चार नेपाली भरिया हिमपहिरोमा पुरिएर मृत्यु भएको हो।

हिमपहिरोमा पुरिएकाहरूको उद्दारका लागि पुगेका सिम्रिक एअरका वरिष्ठ क्याप्टेन सिद्धार्थजंग गुरुङका अनुसार शवहरू यत्रतत्र छरिएको भेटिएको छ। घटनास्थल गुर्जा गाउँपालिकामा पर्छ।

पर्यटक प्रहरीका अनुसार घटना शुक्रबार राति करिब १० बजेतिरको हो। हावाहुरीसहित आएको हिमपहिरोले पर्यटहरू बसेको उक्त क्याम्प नै खसेको प्रहरीले जनाएको छ।

७१९३ मिटर उचाईको गुर्जा हिमाल धौलागिरी हिमशृंखलामा पर्छ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.