खादा ओढाएर स्वागत गरिरहेका महिलाहरू

खादा ओढाएर स्वागत गरिरहेका महिलाहरू

बाँकी देशको उज्यालो लुटेर

बनाइएको छ एउटा भव्य प्रकाशमय मञ्च

हुप्प फुलेर बसेका छन्

हुकुमदेव हुकुमराज

हुकुमविक्रम हुकुमसिंह

हुकुमबहादुर हुकुमप्रसाद

हुकुमकुमार हुकुमलाल

महिला मित्रहरू

ब्याज वितरण गरिरहेका छन्

खादा ओढाएर स्वागत गरिरहेका छन्

हुकुम पुरुषहरू उपस्थित छन्

दुनियाँलाई

आफ्ना बहादुरीका किस्सा सुनाउन

खादा ओढेर सुनाए उनीहरूले–

कसरी लडे युद्ध

कसरी भए मार्क्स र लेनिनका शिष्य

कसरी गरे क्रान्ति

कसरी बजाए राज्यसत्ताका इँटदेखि इँटसम्म

कसरी ल्याए गणतन्त्र

कसरी बनाए इतिहास

कसरी लेखे देश हल्लाउने मोटो किताब

कसरी बने राष्ट्रिय बुद्धिजीवी

कसरी अघि बढाए महिला आन्दोलन

कसरी गरे जिन्दगीमा संघर्ष

साराका सारा सौर्य

साराका सारा सुकाम

साराका सारा सत्प्रयासले

कसरी भए महान् उनीहरू

सुनाए श्रेस्ता सविस्तार

खादा ओढाएर

स्वागत गर्न खटाइएका महिलाको मनमा

चलिरहेको छ एउटा तुफानी सवाल–

यी सारा कुरा भइरहँदा धर्तीमा

हामी पनि थियौं साथमै

हामी अचानक यसरी कसरी गायब हुन सक्छौं ?

खादा ओढाएर

स्वागत गर्न खटाइएका महिलाको मन

ठेगानमा छैन अचेल

कुन दिन

तिनका हातमा

खादाको सट्टा

हुनेछ जुत्ताको माला ।

ती जसका हातमा छन्

सत्ताको साँचो र हैकमको चाबुक

तिनको १२ बज्नेवाला छ

ठीक यतिखेर यो देशको जीवनमा

११ बजेर ५९ मिनेट गएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.