रुकुमकोटमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

रुकुमकोटमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

रुकुम (पूर्व) : नेपालको कान्छो जिल्ला रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा ‘रुकुमपूर्व पर्यटन तथा सांस्कृतिक महोत्सव–२०७५’ आयोजना गरिने भएको छ । रुकुमपूर्व चेम्बर अफ कमर्शको आयोजनामा महोत्सव हुन लागेको हो ।

शनिबार रुकुमकोटमा पत्रकार सम्मेलन गरेर रुकुमपूर्व चेम्बर अफ कमर्शले आगामी मंसिर २० देखी पौष १ गतेसम्म ११ दिन पर्यटन तथा सांस्कृतिक महोत्सव संचालन गर्ने तयारी थालेको कमर्सका अध्यक्ष दिलिप थापाले जानकारी दिए । 

प्रदेश ५ को एकमात्र हिमाली जिल्लाको पर्यटकीय सम्पदाको प्रचार–प्रसार गरी स्थानीय संस्कृतिको प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष थापाको भनाइ छ । 

‘हामी पर्यटन विकास तथा जिल्लाको सांस्कृतिक विविधताको प्रदर्शनका लागि यो महोत्सवको आयोजना गर्दैछौँ’, उनले भने, ‘स्थानीय सरकारसँगको साझेदारीमा निजी क्षेत्रको सक्रियतालाई बढावा दिँदै ११ दिनसम्म यो महोत्सव संञ्चालन हुनेछ ।’

पर्यटन र संस्कृति साथै स्थानीय व्यपारलाई समेत प्राथमिकतामा राखेर संञ्चालन हुने महोत्सवमा व्यवसायिक स्टलसमेत राखिनेछ । महोत्सवको समयमा राष्ट्रिय तथा स्थानीय कलाकारले विभिन्न सांस्कृतिक प्रस्तुति हुने आयोजकले जानकारी गराएका छन्। दसैं लगत्तै महोत्सवको प्रचार–प्रसारलाई तिब्रता दिने बताइएको छ ।

 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.