बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
हेटौंडा : १५ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै एक पुरुष पक्राउ परेका छन् ।
किशोरीको उजुरीपछि हेटौंडा–१ का ३० वर्षीय कमलराज गिरीलाई प्रहरीले पक्राउ शनिबार गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार खाजा खान जाने बहानामा आफूलाई गेष्ट हाउसमा लगेर बलात्कार गरेको ती बालिकाको उजुरी थियो ।
भीमफेदीबाट छोरी एकाएक हराएपछि उनका अभिभावकले भीमफेदी प्रहरीमा खबर गरेका थिए । ‘त्यसको केही समयपछि पीडित बालिका आफैँ रुँदै जिल्ला प्रहरी कार्यालयमा आएर बलात्कार भएको जनाएपछि प्रहरीले पीडकको खोजी गरेको प्रहरीले बताएको छ ।
डिएसपी सिंहले गिरीलाई मुद्दा दर्ता गरी आवश्यक कारबाहीको लागि थप अनुसन्धान अघि बढाइएको छ ।