बाढीको क्षति रोक्न कृत्रिम अभ्यास
राजविराज : कोशी नदिको बाढी प्रभावित क्षेत्रमा बाढीबाट जोगिन र क्षति न्युनिकरण गर्न भन्दै नेपाल रेडक्रस सोसाईटी सप्तरीले बिपद् व्यवस्थापन सम्बन्धि तालिम दिएको छ ।
कोशी वेसिन कार्यक्रमअन्तर्गत बाढीको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दालाई व्यवस्थापन सम्बन्धि अभ्यास र सचेतना पनि गराइएको छ । बाढीको सर्वाधिक जोखिममा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाको रम्पुरा मल्हनियामा बिपद् जोखिम न्युनिकरणका लागि ‘लगानी बढाउँ, आर्थिक क्षति घटाउँ’ नाराका साथ शनिबार अभियान सुरु भएको हो ।
बाढीपछि डुवानमा परेकाको खोज, उद्धार, पनस्र्थापना, घाइतेको उपचार, सरसफाई, सुरक्षित स्थानमा पु¥याउने र प्रतिकार्य लगायतका कार्य सम्बन्धि कृत्रिम अभ्यास गराइएको हो ।
अभ्यासमा ट्युव, लाईफ ज्याकेट, प्लाष्टिक डोरी, स्ट्रेचर, माईक, साईरन, प्राथमिक उपचार लगायतका सामग्रीको प्रयोग गरी राहत र उद्धारबारे पनि स्थानीयलाई जानकारी र ज्ञान दिइयो । बाढी तथा डुवानले यस क्षेत्रमा हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरेको छ ।