बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

बलात्कृत बालिकाको उपचारका लागि आर्थिक सहयोग

लिबाङ : रोल्पामा बलात्कृत साढे छ वर्षीया बालिकाको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।

विपन्न आर्थिक अवस्थाले उनको उपचारमा खर्च अभाव देखिएपछि सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो । उपचारमा सघाउन विदेशमा रहेका रोल्पाली युवाहरुको संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले संकलन गरेर यहाँ पठाएको रकम पीडित बालिकाको अभिभावकलाई हस्तान्तरण गरिएको हो ।

संकलित रकम २२ हजार समाजका प्रमुख सल्लाहकार काशीराम डाँगीको नेतृत्वमा एक टोली बालिकाको घरमै पुगेर रकम हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष सन्दिप थापाका अनुसार ‘बलात्कृत बालिकाको उपचारमा खर्च अभाव’ सम्बन्धि समाचार सञ्चार माध्यममा प्रकाशित भएको थाहा पाएपछि रकम संकलन गरिएको हो ।

मानवीय सेवामा समाजले आर्थिक सहयोग गर्दै आइरहेको छ । घरको आर्थिक विपन्नताले बालिकाको नियमित उपचारमा कठिनाइ भएको बालिकाकी आमाले बताइन् । डेढ महिनाअघि बालिका बलात्कृत भएको खुलासा भएको थियो । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बलात्कार गरेको आरोपित १४ वर्षीय बालकलाई पक्राउ गरी सुधारगृह पठाइएको छ ।

घाउ सुन्निएर बालिका विरामी परेपछि उनको उपचारको लागि सहायता खोजिएको हो । उपचारपछि बालिकाको स्वास्थ्यमा सुधार आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.