सडक स्तरोन्नती भएपछि गाउँमा खुसी
भोजपुर : पाँच महिनायता अवरुद्ध टेम्के मैयुङ गाउँपालिका–१ मा पर्ने बाघखोर तिम्मा कृषि सडक खण्ड मर्मत भएपछि स्थानीय हर्षित छन् ।
लामो समयदेखि अलपत्र परेको उक्त सडक पुन निर्माण भएपछि दसैंका लागि सामान ओसार पसार गर्न गाउँलेलाई सहज भएको छ । चाडवाडलाई लक्षित गरी स्तरोन्नती गरिएको सडकमा अहिले मालवाहक सवारी साधन ओहोर दोहोर गर्न थालेका छन् । यसअघि गाउँलेहरु ६ घण्टा हिँडेर सदरमुकाम आउजाउ गर्थे ।
सडक मर्मतपछि तिम्माका बाघखोर, झ्यालसिँगे, मूलखर्क, माझखर्क, सुम्लिखा, खम्बुखा, पाङखाङका स्थानीय लाभान्वित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस !
५