इन्काउन्टर गर्न गएको पुलिसको पेस्तोल नपड्केपछि...
एजेन्सी : अपराधिक समूहमाथि इन्काउन्टर गर्न गएको प्रहरी टोलीको पेस्तोल नै नपड्किएपछि आपत् आइलागेको छ । भारतको उत्तर प्रदेश राज्यस्थित सम्भलमा शुक्रवार पुलिसले एक अपराधिक समूहका सदस्यमाथि इन्काउन्टरको तयारी गरेको थियो ।
अपराधिक समूहका ती सदस्यमाथि इन्काउन्टरका क्रममा पुलिसले प्रयोग गर्ने पेस्तोल नै नपड्किएपछि आपत् आइ लागेको हो । त्यसपछि प्रहरीका एक अधिकृतले मुखैबाट पेस्तोलको ठ्याङ ठ्याङ आवाज निकालेर अपराधिक समूहका सदस्यलाई तर्साउन थाले ।
यस घटनाको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। यस भिडियोलाई लिएर पुलिसको हाँसी मजाक गर्न थालिएको छ। जानकारी अनुसार असमोली ठानाका पुलिस मध्यराति सवारीसाधनको चेकिङमा व्यस्त थियो । त्यही क्रममा केही मानिस पुलिसको बार तोड्दै अघि बढे ।
पुलिसले उनीहरुलाई पक्रन खोजेपछि उल्टै अपराधिक समूहका सदस्यले गोली चलाए । अपराधिक समूहका सदस्यलाई चुनौती दिँदै जब पुलिसले गोली चलाउन खोज्यो तब पेस्तोल नै चलेन । त्यसक्रममा प्रहरी अधिकारीको पेस्तोलले धोका दियो । कयौँ कोशिश गर्दा पनि गोली नै चलेन ।
त्यसक्रममा पुलिसले एकजनालाई पक्राउ गर्न सफल भयो । आरोपीमाथि हत्या र लुटसहितका मुद्दा चलाइयो । तर घटनाका क्रममा अन्य भने भाग्न सफल भए । पुलिसका अनुसार आरोपीबाट एक पेस्तो र विस्फोट नभएको कार्तोस बरामद भएको छ। त्यस क्रममा अपराधिक समूहको गोली लागेर एक प्रहरी उल्टै घाइते भए ।