दमौलीमा पटाकासहित पक्राउ

दमौलीमा पटाकासहित पक्राउ

दमौली : तनहुँ प्रहरीले ठूलो परिमाणको पटाकासहित एकजनालाई पक्राउ गरेको छ। भारतबाट ल्याउँदै गरेको अवस्थामा ६५ पोका पटाकासहित पर्सा वीरगंज महानगरपालिका -१३ निवासी २२ वर्षीय सुमितकुमार सिंहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताए।

आँबुखैरेनी गाउँपालिका -३ स्थित आँबुखैरेनी बजारमा राखिएको आकस्मिक चेकिङका क्रममा मुग्लिङतर्फबाट आँबुखैरेनी तर्फ आउँदै गरेको डिएल ४ सिएस ३११५ नम्बरको भारतीय कारको चेकजाँचका क्रममा डिक्कीभित्र तथा सिटको मुनी लुकाएर राखेको अवस्थामा पटकासहित सिंहलाई प्रकाउ गरेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।

उनीविरुद्ध विष्फोटक पदार्थको कारोबारसम्बन्धी मुद्दा दायर गरिने प्रहरी उपरीक्षक शाहले बताए। उनले तिहारसम्मै विष्फोटक पदार्थ पटाकाको निर्यातमा कडाई गरिने र चेकजाँच नियमित पारिने समेत बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.