माइक्रो बसको ठक्‍करबाट गर्भवती घाइते

माइक्रो बसको ठक्‍करबाट गर्भवती घाइते

राजविराज : सप्तरीमा सोमबार राजविराज आउँदै गरेको हायस गाडीको ठक्‍करबाट मोटरसाइकलमा सवार एक गर्भवती महिला गम्भीर घाइते भएकी छन्। 

राजविराज नगरपालिका-९ मलेठस्थित राजविराज-रुपनी सडकखण्डमा नम्बर नखुलेको हायस गाडीको ठक्‍करले खडग नगरपालिका- ७ कल्याणपुर बजारकी ३० वर्षीया सहनशिला चौधरी गम्भीर घाइते भएकी हुन्। सात महिनाकी गर्भवती चौधरी बेहोस छन्।

इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जीतबहादुर बर्देवाले चौधरीलाई लिफ्ट दिइ कल्याणपुर लगिरहेका बेला विपरित दिशाबाट आएको हायसले उनीहरुलाई ठक्‍कर दिएको थियो। 

राजविराजस्थित अञ्चल अस्पतालमा उपचारार्थ भर्ना गराइएकी चौधरीलाई चिकित्सकले थप उपचारका लागि रिफर गरेपनि घाइतेका परिवारलाई घटनाबारे खबर नपुगेकाले राजविराजमै राखिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.