दसैंमा पनि नेकपाका दुई अध्यक्ष छलफलमा बस्ने

दसैंमा पनि नेकपाका दुई अध्यक्ष छलफलमा बस्ने

काठमाडौं : नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड दसैंमा पनि पार्टी एकताको गृहकार्यमा जुट्ने भएका छन्। पार्टी एकताको तीन महिनाभित्र तल्लो तहसम्म (स्थानीय तहसम्मकै) एकता प्रक्रिया टुंग्याउने घोषणा गरे पनि अझै नटुंगिएकाले दुई अध्यक्ष गृहकार्यमा जुट्न लागेको नेकपाका एक स्थायी समिति सदस्यले बताए।

‘उहाँहरू (ओली–दाहाल) फूलपाति र अष्टमीका दुई दिन अलिक समय लिएरै पार्टी एकता प्रक्रियाका टुंग्याउनु पर्ने विषयमा गम्भीर छलफलमा बस्दै हुनुहुन्छ’, ती नेताले अन्नपूर्णसँग भने, ‘दुई दिनको छलफलमा उहाँहरूले प्रदेश कमिटीको पूर्णता, जिल्ला नेतृत्व र जनवर्गीय संगठनको नेतृत्वका विषयमा मोटामोटी खाका तयार पार्नुहुनेछ।’

नेकपाले अहिलेसम्म केन्द्रमा चार सय ४१ सदस्यीय केन्द्रीय समिति, नौ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी समिति र सातवटै प्रदेशको पदाधिकारीको मात्र चयन प्रक्रिया टुंग्याएको छ। त्यसमध्ये पनि प्रदेश पदाधिकारी चयन प्रक्रियामा वरिष्ठ नेता माधव नेपालले पार्टीभित्रै लिखित असहमति दर्ता गराएका छन्।

नेकपाले प्रदेश कमिटिको पूर्णता, जिल्लादेखि तल्ला कमिटीको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरणको काम टुंगो लगाउन बाँकी छ। केन्द्रीय नेताहरूको कार्यविभाजन, केन्द्रीय विभागहरूको गठन, पोलिटब्यूरोको गठन लगायतका काम अझै बाँकी छन्।

दसैंको टिकाको दुई दिनपछि अर्थात् ४ र ५ कात्तिकमा यी सबै विषय नेकपा सचिवालय बैठकको एजेण्डाका रूपमा छलफल हुने भएकाले पनि दुई अध्यक्ष चाडबाडको बेलामा गृहकार्यमा बस्न लागेका हुन्। गृहकार्यका विषयमा प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले पुष्टि गरेका छन्। उनले भने, ‘उहाँहरूले चाडबाडको फुर्सदको समय उपयोग गरेर पार्टी एकता प्रक्रियाका बाँकी काम टुंग्याउन छलफल गदै हुनुहुन्छ।’

केन्द्रमा एकता भए पनि तल्लो तहको एकता प्रक्रिया विलम्ब हुँदा नेकपाको आन्तरिक संगठनात्मक काम प्रभावित हुँदै आइरहेको छ भने सरकारका कामका विषयमा पनि पार्टी नेता कार्यकर्ताले जनस्तरमा योजना लग्न सकिरहेका छैनन्। नेकपाले कात्तिक ४ र ५ गतेका लागि सचिवालयको बैठक बोलाएको छ।

कात्तिक १२ र १३ गते स्थायी समिति बैठक डाकेको छ। सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षले एकता प्रक्रियाका विषयमा टुंग्याउन बाँकी विषय मिलाएर प्रस्ताव तयार पार्नुपर्नेछ। दुई अध्यक्षले तयार पार्ने प्रस्ताव सचिवालयमा छलफल हुनेछ। सचिवालय बैठकका लागि २२ असोजकै बैठकले झन्डै एक दर्जन एजेण्डा तय गरेको थियो। त्यसमध्ये नेताहरू बैठकको एजेण्डाको पहिलो बुँदा रिपोटिङकै क्रममा छन्।

पोलिटब्यूरो गठन, केन्द्रीय विभाग तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन, प्रदेश कमिटिको पूर्णता, जिल्ला कमिटिको एकता, जनवर्गीय संगठनहरूको एकता, माधव नेपालको असहमतिपत्र, आर्थिक विनयमावली लगायतका विषय सचिवालय बैठकको एजेण्डा छन्। नवमीका दिन भने प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाने कार्यक्रम छ। जिल्लाका नेता कार्यकर्ता र शुभचिन्तकका बीचमा दसैंको शुभकामना साटासाट गर्न प्रधानमन्त्री कात्तिक १ गते बिहान झापा पुग्ने र सोही दिन काठमाडौं फर्किने कार्यक्रम छ। अर्का अध्यक्ष दाहालले भने कुनै कार्यक्रम बनाएका छैनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.