भुजी लिग कात्तिक दोस्रो साताबाट

भुजी लिग कात्तिक दोस्रो साताबाट

काठमाडौं : भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिताको आठौं संस्करण कात्तिकको दोस्रो साताबाट सुरु हुने भएको छ। रामेछाप जिल्लाकै प्रतिष्ठित फुटबल प्रतियोगिता भुजी लिग कात्तिक ९ देखि १६ सम्म सञ्चालन हुने आयोजक लिखु भुजी रामेछाप युवा क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

एक लाखभन्दा बढी पुरस्कार राशि रहेको प्रतियोगिताका लागि हाल टिम दर्ता खुला गरिएको आयोजक क्लब लिखु भुजी रामेछाप युवा क्लबका उपाध्यक्ष मनोज सुनुवारले जानकारी दिए। उनका अनुसार कात्तिक ८ सम्म टिम दर्ता हुने र त्यसपछि प्रतियोगिताको टाइसिट सार्वजनिक गरिनेछ।

प्रतियोगिताको विजेता टोलीले ५४ हजार रुपैयाँ प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीले २७ हजार तथा तेस्रो हुने टोलीले १३ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा सर्वोत्कृष्ट घोषित हुने एक खेलाडीसहित व्यक्तिगत विधातर्फ सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि पुरस्कृत हुने उपाध्यक्ष सुनुवारले जानकारी दिए। बेलायती सेनामा कार्यरत केही युवाको सहयोग र स्थानीय युवाहरूको सक्रियतामा सुरु भएको भुजी लिग फुटबल प्रतियोगिता जिल्लाकै प्रतिष्ठितमध्येको प्रतियोगिता हो। प्रतियोगिता दसैं र तिहारको बीचमा आयोजना हुँदै आइरहेको छ।

स्थानीय युवाहरूको प्रतिभा प्रस्फुटन र प्रोत्साहनका लागि प्रतियोगितालाई निरन्तरता दिइएको उपाध्यक्ष सुनुवारले बताए। ‘हाम्रो क्षेत्रमा धेरै युवा फुटबलप्रति आकर्षित छन्’, सुनुवारले भने, ‘उनीहरूको प्रतिभामा अझ निखार आओस् भन्ने उद्देश्यले हामीले निरन्तर यो प्रतियोगिता आयोजना गर्दै आइरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.