काठेपुलबाट मोटरसाइकल खस्दा एकको मृत्यु

काठेपुलबाट मोटरसाइकल खस्दा एकको मृत्यु

गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

मदन भण्डारी राजमार्गअन्तर्गत गाईघाट–नेपालटार सडक खण्डको कौवाईमा स.८.प.९८०८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिनपा १३ बसपार्कका ५० वर्षीय दिनेश पौडेलको ज्यान गएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार त्रिनपा १३ का ४५ वर्षीय कुलबहादुर थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले बताए।

रौतामाई गाउँपालिकाको वडा नं ७ मुर्कचीबजारबाट त्रिनपा १३ घरतर्फ आउनेक्रममा कौवाई खोलामा लगाइएको काठेपुलबाट मोटरसाइकल चिप्लिदा दुर्घटना भएको हो। घाइतेको जिल्ला असपतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ।

सर्वसाधरण आवतजावत गर्नका लागि बनाइएको काठेपुल पछिल्लो समय राजमार्गले तलबाट सडक बनाएपछि प्रयोगविहीन बनेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.