सरकारले नै दिन्छ उपत्यकामा २ हजार बलि

सरकारले नै दिन्छ उपत्यकामा २ हजार बलि

काठमाडौं  : उपत्यकाका तीन जिल्लाका शक्ति पीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ ।

शक्ति पीठहरूमा राँगा, बोका, भेडा, हाँस, कुखुरा, बंगुर र खसी बलि दिने गरिएको गुठी संस्थानका सह–प्रशासक जयप्रसाद रेग्मीले जानकारी दिए । उपत्यकामा व्यक्तिगत तवरबाट दिने बलिको संख्या धेरै छ । यस्तो बलिको कुनै लेखाजोखा नभएको उनी बताउँछन् । दसैंमा उपत्यकामा हजारौंको संख्यामा बलि दिइन्छ ।

तीनै जिल्लाका तलेजु भवानी मन्दिरमा प्रत्येक महिनाको अष्टमीमा बलि दिने गरेको रेग्मीले बताए । सरकारी तवरमा काठमाडौं, भक्तपुर, ललितपुर र पशुपतिनाथमा समेत गरी २ हजार १ सय ६९ पशुपन्छी बलि दिइन्छ । गुठी संस्थानमार्फत सरकारले बलिलाई निरन्तरता दिइरहेको छ । बर्सेनि काठमाडौंमा ८ सय ८, भक्तपुरमा ७ सय ५९ र ललिपुरमा ३ सय ४९ तथा पशुपतिमा २ सय ५३ बली दिने गरिएको छ । उपत्यकामा प्रायः सबै मठ, मन्दिर र शक्ति पीठहरू गुठीअन्तर्गत छन् ।

संस्थानको केन्द्रीय लगत तथा अभिलेख शाखाका प्रमुख राजेन्द्र दाहालका अनुसार काठमाडौंमा ७ सय ५७, भक्तपुरमा ३ सय ५२ र ललितपुरमा १ सय ६७ गरी कुल १ हजार २ सय ७६ राजगुठी छन् । बर्सेनि पशु बलिका लागि काठमाडौंमा ४५ लाख, भक्तपुरमा ३१ लाख, ललितपुरमा १७ लाख र पशुपतिमा १२ लाख रुपैयाँ छुट्याइने गरिएको छ । गुठी संस्थान काठमाडौंका लेखा अधिकृत हरिश भुसालका अनुसार राँगा ३२ वटा, बेचोखा (निख्खर कालाबाहेक अन्य रंगका) राँगा ५२ वटा, थुमा भेडा १५ वटा, कुखुरा २० वटा, खोट नभएको बोका २ सय ७४ वटा, खोट भएका बोका २ सय ३, हाँस २ सय १२ वटा बलि दिइने गरेको छ । 

 काठमाडौं, भक्तपुर, ललितपुर र पशुपतिनाथमा समेत गरेर २ हजार १ सय ६९ पशुपन्छी बलि दिइन्छ ।

साथै ५ सय ९० किलो ८३० ग्राम राँगाको मासु पनि पीठमा चढाइन्छ । बँदेलको समेत बलि दिने प्रचलन छ । बर्सेनि एउटा बँदेल र एउटा खसी बली दिने गरिएको छ । त्रिपुरेश्वरस्थित महादेव मन्दिरमा २/२ बहर र कोरली दान गर्ने चलन छ । तलेजु, दिगु तलेजु, दक्षिणकाली, कँडेलचोक भगवती, नक्साल भगवती, स्वेतकालीलगायत मठमन्दिरमा बलि दिने गरिएको अधिकृत नारायण भक्त       श्रेष्ठले जानकारी दिए ।

गुठी संस्थान काठमाडौंले ४५ लाख रुपैयाँमा बलिका लागि पशुपन्छीको ठेक्का दिएको लेखाअधिकृत भुसालले जानकारी दिए । भक्तपुरमा ४ सय ३० बोका, ८४ राँगा, १७ भेँडा, १ सय ९३ हाँस र ३५ कुखुरा बलि दिने गरिएको छ । गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले तलेजु भवानी, भैरवनाथको बिस्केट जात्रा, चाँगुनारायण, इन्द्रायणीलगायत मठमन्दिरमा बढी मात्रामा बलि दिइने गरेको जानकारी दिए ।

गुठी संस्थानले बलि संस्कृति निरुत्साहित गर्ने रणनीति बनाएको छ । पशुअधिकारवादीहरूले पशु बलिको विरोध गर्न थालेपछि संस्थानले यो रणनीति बनाएको हो । त्रिपुरेश्वर महादेव र रणमुक्तेश्वर महादेवमा पुजारीका तर्फबाट बलि प्रथा निरुत्साहित गर्ने प्रस्ताव आएपछि बिस्तारै कार्यान्वयन गर्ने नीति लिएको छ ।

ललितपुरमा ३ सय ४९ बाट पशुपन्छी बलि दिइन्छ । गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलका अनुसार खोट भएका १ सय ७ बोका, खोट नभएका बोका ७० वटा बलि दिने गरिएको छ । २५ भेडा, ३८ राँगा, ७४ मझौला हाँस र ४ वटा कुखुराको भाले काट्ने गरिएको छ ।

रथ निर्माण गर्ने वर्ष ३१ वटा थुमा भेडा पनि बलि दिने गरिएको उनले बताए । बर्सेनी ३ सय १७ किलोग्राम राँगाको मासु प्रसादको रूपमा चलाइने गरेको छ । ललितपुरमा तलेजु, दिगु तलेजु, मछिन्द्रनाथ, भीमसेनथानलगायत स्थानमा बलिदिने गरिएको छ ।

पशुपतिमा पनि बली

हिन्दु पवित्र तिर्थस्थल पशुपतिनाथमा पनि वर्षेनी पशुको बली दिइने गरेको छ । प्रत्येक वर्ष पशुपतिमा २ सय ५३ पशुपन्छीको बलि दिने गरेको गुठी संस्थानको पशुपति गोश्वारा कार्यालयका प्रमुख लछुना शर्मा काफ्लेले जानकारी दिएकी छन् ।

कृति भैरव, गुहेश्वरीलगायत मन्दिरमा बलि दिइन्छ । पशुबलिकै लागि करिब १२ लाख रुपैयाँ बजेट विनियोजन हुने गरेको छ । बेचोखा राँगा २०, चोखा राँगा १२, बेचोखा बोका १ सय ४, चोखा बोका २३, थुमा भेडा ४ र मझौला हाँस ९० वटा बलि चढाइन्छ । ५८ केजी राँगाको मासु पनि प्रसादका लागि प्रयोग गरिन्छ ।  बडादसैं, कालरात्री, कागेअष्टमीलगायत चाडपर्वमा बलि चढाइन्छ । पशुपतिमा महास्नानको बेलासमेत बलि दिइन्छ ।

बडादसैं, कालरात्री, कागेअष्टमीलगायत चाडपर्वमा बलि चढाइन्छ । पशुपतिमा महास्नानको बेलासमेत बलि दिइन्छ ।

यता गुठी संस्थानले बलि संस्कृति निरुत्साहित गर्ने रणनीति बनाएको छ । पशुअधिकारवादीहरूले पशु बलिको विरोध गर्न थालेपछि संस्थानले यो रणनीति बनाएको हो । त्रिपुरेश्वर महादेव र रणमुक्तेश्वर महादेवमा पुजारीका तर्फबाट बलि प्रथा निरुत्साहित गर्ने प्रस्ताव आएपछि बिस्तारै कार्यान्वयन गर्ने नीति लिएको छ ।

गुठीले स्थानीयबाटै यो प्रथा निरुत्साहित गराउने नीति लिएको छ । ‘जहाँ सहमति हुन्छ, त्यहाँ लागू हुन्छ तर जबर्जस्ती गर्ने काम कहीं पनि हुँदैन’, सह–प्रशासक रेग्मीले भने, ‘बलि घटाउँदै लैजाने नीति भने हाम्रो छ ।’ उनले पछिल्लो समय राँगा काट्ने मान्छेको समेत अभाव हुने गरेको बताए । काठमाडौंका अधिकांश मठमन्दिर नेवार समुदायमा केन्द्रित छन् । नेवारी संस्कृतिमा बलि अनिवार्य जस्तै छ । अधिकांश पुजारीसमेत नेवार समुदायका कर्माचार्य, राजोपाध्याय, बज्राचार्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.