कैदीबन्दीलाई २० किलोको खसी
स्याङ्जा ः लागु औषधका क्षेत्रमा क्रियाशिल संस्था रिचमण्ड फेलोसीपले मंगलबार कारागार शाखामा रहेका कैदी बन्दीलाई खसी प्रदान गरेको छ । नेपालीको महानपर्व नजिकिदै गर्दा फूलपातीको दिन पारेर फेलोसीपले स्याङ्जा सदरमुकाम रहेको कारागारका कैदी र थुनुवालाई २० किलोको खसी प्रदान गरेको हो ।
रिचमण्ड फेलोसिपका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ ले जेलर दुर्गाप्रसाद चापागाईलाई खसी हस्तान्तरण गरेका हुन । कारागारभित्र दसैं मनाउन बाध्य थुनुवा तथा कैदीले खसी पाएपछि खुशी व्यक्त गरेका छन् । कारागारमा एक सय ३३ कैदी र थुनुवा छन् ।
ती मध्ये ७८ पुरुष, ५ महिला गरी ५३ कैदी र ४९ पुरुष, १ महिला गरी ५० थुनुवा रहेका हुन । कैदी तथा थुनुवाको आवश्यकता अनुसार रिचमण्डले अन्य सहयोग गर्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता व्यक्त गरे ।
कारागारमा बलात्कार, हत्या, मानब बेचबिखन, लागुऔषध र चोरीका अभियोगमा पक्राउ परेका कैदी धेरै छन् । कारागार क्षमता भन्दा चौबर कैदीबन्दी राखिएका छन् । कारागारमा २५ पुरुष र १० कैदीबन्दीको क्षमताको हो । कारागारमा स्याङजा लगायत छिमेकी जिल्ला कास्की, पर्वत, तनहुँ, पाल्पा र गुल्मी लगायतका कैदीबन्दी रहेका छन् ।