दशैंपछि मन्त्रिमण्डल हेरफेरको संकेत

दशैंपछि मन्त्रिमण्डल हेरफेरको संकेत

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पूनर्गठन हुने घोषणा गरेका छन् । उनले भने,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनुभएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दैहुनुहुन्छ ।’

नेता बस्नेतले दशैंलगत्तै सरकारल केही लोकप्रिय कार्यक्रम ल्याउने पनि जानकारी दिए । उनले भने,‘सरकारले केही वितरणमुखी बजेट ल्याउनेछ । र, सरकारले समग्रतामा चाहे त्यो प्रधानमन्त्रीको सचिवालयको पूर्नगठनको कुरा होस या मन्त्रिमण्डल पूर्नगठन गर्ने कुरामा पनि ध्यान दिनेछ । प्रहरी प्रशासन परिचालनको विषयमा पनि ध्यान दिनेछ ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग जनता अहिले खुशी रहेको विश्वास दिलाए । उनले भने,‘सरकारको परफर्मेन्सबाट जनता खुशी छन् ।’

संघीयता कार्यान्वयन गर्न धेरै चूनौति रहेको उनले बताए । उनले भने,‘प्रदेश सरकार चलाउन पनि अप्ठ्यारो छ । केही मन्त्रीका कारण सरकार साख गिरेका कारण प्रधानमन्त्री ओलीले यसअघिदेखि नै मन्त्रिमण्डल पुनर्गठन गर्ने संकेत गर्दै आएका थिए ।  

वर्तमान प्रधानमन्त्री ओलीले २ नम्बर प्रदेशको जनताको भावना बुझेर संविधान संशोधन गर्ने कुरा गरेको पनि उनले सुनाए । उनले सीके राउत र नेत्रविक्रम चन्द ‘विप्लव’ का गतिविधि एकदमै गलत रहेको बताए । उनले भने,‘उनीहरुको गतिविधि एकदमै गलत छन् । र, कतिपय नेताहरुले उनीहरुलाई समर्थन गरेकोबारे समिक्षा गर्नुपर्छ ।’ 

२ नम्बर प्रदेश र संघीय सरकारबीचको असमझदारीपनि विस्तारै घट्दै जाने उनले सुनाए । उनले भने,‘असमझदारी घटाउनेतर्फ सरकारले उचित ध्यान दिएको छ । तर, आज यो भन्दा डरलाग्दो विषय के हो भने मुलुकको सार्वभौम अखण्डतामाथि नै चूनौति दिने गरेर एकातिर सीके राउतका गतिविधि र अर्कोतर्फ आतकंवादलाई नै समर्थन गर्ने ढंगले विप्लव समूहको गतिविधि भएका छन् । त्यस्ता खालका गतिविधि र विखण्डनकारी गतिविधिलाई सरकारले नियन्त्रण गर्दाखेरी त्यो गरेबापत राज्यको आलोचना गर्ने मानवअधिकारवादी र घुमाईफिराई त्यसलाई समर्थन गर्ने न्यायालय, यो कुरा चाहीँ आज समिक्षाको विषय हो भन्ने मलाई लाग्छ ।’

बस्नेतले अतिवादीले अहिले वर्तमान सरकारको मुल्यांकन गरिरहेको पनि स्पष्ट पारे । उनले भने,‘निर्मला पन्तको घट्नालाई जोडेर नेपालको शान्ति र सुरक्षालाई कमजोर ठान्नु ठीक होइन् । सरकारले यो घट्नामा गम्भिर ध्यान दिएको छ । अनुशन्धान पनि जारी छ ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीको सांगठनिक अवस्था अहिले कमजोर भैरहेको स्वीकार गरे । उनले भने,‘त्यसैको लागि प्रधानमन्त्रीले नेता तथा कार्यकर्तालाई संगठित हुनुपर्छ भन्नुभएको छ । प्रधानमन्त्रीले अरिंगाल बन्नुपर्छ भन्नुभएको पनि यही सेन्समा हो । यसलाई बंग्याएर बुझ्नुहुँदैन् ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.