कार खस्दा सात घाइते

कार खस्दा सात घाइते

दमौली : बन्दीपुर १ छापस्थित सडकबाट एउटा कार तल खस्दा सातजना घाइते भएका छन् । बन्दीपुर बजारबाट डुम्रेतर्फ झर्दै गरेको ग २ च ३९४७ नम्बरको कार शुक्रबार विहान साढे ११ बजेतिर दुर्घटनामा परेको हो । सडकबाट झण्डै ७० फिट तल कार खसेर भएको दुर्घटनामा परी घाइते हुने सबै बन्दीपुरका छन् ।

बन्दीपुर–२ का ३० वर्षीय पवन भट्टराई,बन्दीपुर ३ का ३० वर्षीया अस्मिता पौडेल, बन्दीपुर–२ का ४० वर्षीय श्याम नेपाली, बन्दीपुर – ४ का ५८ वर्षीया पार्वती क्षेत्री, ३० वर्षीय मदन गुरुङ, २६ वर्षीया रश्मी गुरुङ र उनका १६ महिनाका छोरा रेमन गुरुङ दुर्घटनामा परी घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

घाइतेमध्ये दुईजना डुम्रेको लक्ष्मी अस्पतालमा उपचारपश्चात घर फर्केका छन् । गम्भीर अस्मिता पौडेल र श्याम नेपालीको पोखरामा उपचार भैरहेको बताइएको छ ।

यसैबीच, म्याग्दे २ माथिल्लो गुणादीस्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौली आउँदै गरेको ग १५ प ६०६५ नम्बरको स्कुटर र दमौलीबाट पोखरा जाँदै गरेको बा २ ख ३६८३ नम्बरको माइक्रो ठक्कर खाएको छ ।

घटनामा परी स्कुटर चालक पोखरा महानगरपालिका ५ मालेपाटनका  ३९  वर्षीय होमबहादुर बुढाथोकी घाइते भएका छन् । दमौली अस्पतालबाट पोखरा थप उपचारका लागि पठाइएका उनको फिष्टेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.