३ दिनदेखि थन्किएको जहाज मर्मतपछि फर्काइयो
ताप्लेजुङ : बुधबारदेखि ताप्लेजुङको सुकेटार विमानस्थलमा थन्किएको नेपाल वायु सेवा निगमको हवाइजहाज शुक्रबार फर्काइएको छ । काठमाडौबाट प्राविधिकको टोली आएर मर्मत गरेपछि फर्काइएको हो । प्राविधिकको टोली आएर मर्मत गरेरको निगमका ताप्लेजुङ इन्चार्ज विकास राईले बताए ।
बुधबार बिहान काठमाडौंबाट यात्रु लिएर आएको जहाज उड्ने बेलामा दुबै पङ्खा नचलेर बिग्रिएको थियो । वायु सेवा निगमले ताप्लेजुङ सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्दै आएको छ । विमान मर्मतपछि दसैंमा घर जाने यात्रुलाई राहत भएको छ ।