दसैंको टीकाकै दिन राति खुकुरीले हानेर छिमेकीको हत्या

दसैंको टीकाकै दिन राति खुकुरीले हानेर छिमेकीको हत्या

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–८ शुक्रबारेका १८ वर्षीय कृष्णबहादुर विष्टले दसैंको टीकाकै दिन राति छिमेकीको हत्या गरेका छन्। 

विष्टले खुकुरी प्रहार गरेर स्थानीय २८ वर्षीय विजय खड्काको शुक्रबार राति ९ बजे हत्या गरेको प्रहरीले जनाएको छ। 

पुरानो झगडालाई लिएर खुकुरी प्रहार गर्दा विजयको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए। खुकुरी प्रहारबाट उनको टाउको, अनुहार, घाँटी र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। 

प्रहरीका अनुसार विष्ट र खड्का परिवारबीच पुरानो झगडा थियो। त्यही ठाउँमा १६ वर्षअघि होली खेल्ने क्रममा एक व्यक्तिको हत्या भएको थियो। 

त्यही घटनामा चलाइएको कर्तव्य ज्यान मुद्दामा अदालतले कृष्णबहादुरका बुबा अर्जुनकुमारलाई जेल सजाय सुनाएको थियो। जेल सजाय भुक्तान गर्ने क्रममा अर्जुनकुमारको सात वर्षअघि मोरङ कारागारमै मृत्यु भएको थियो। 
                 
प्रहरीका अनुसार हत्या गरिएको घटनामा आफ्नो बुबाको संलग्नता नरहे पनि खड्का परिवारले फसाएर जेल पु¥याउने काम गरेको र त्यही मृत्यु भएको भन्दै कृष्णबहादुर विजयप्रति आक्रोसित थिए। 

त्यही पुरानो घटनालाई लिएर विष्ट र खड्का परिवारबीच राम्रो सम्बन्ध थिएन। प्रनि बजगाईंका अनुसार पुरानो घटनाका बारेमा कृष्णबहादुरलाई उनकी हजुरआमाले सुनाएको खुलेको छ। 

हजुरआमाको पनि केही समय अघि मृत्यु भइसकेको छ। ‘संलग्न नै नभएको हत्याको घटनामा फसाएर मेरो बुबालाई जेल पठाउने काम भएको थाहा पाएँ। जेलबाट बुबा जीवित फर्किएर आउनु भएन,’ कृष्णबहादुरलाई उद्धृत गर्दै बजगाईले भने, ‘खड्का परिवारले मेरा बुबालाई फसाएको कुरा हजुरआमाबाट थाहा पाएको थिएँ। त्यही बद्लामा विजयको हत्या गरेको हुँ।’ 

घटनामा संलग्न कृष्णबहादुरलाई तत्कालै घटनास्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उर्लाबारीस्थित मंगलबारे अस्पतालमा पोष्टमार्टम गरेर विजयको शव भने आफन्तलाई बुझाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.