कोसीमा हामफालेका ज्ञानेन्द्र भेटिएनन्
गाईघाट : सप्तकोसी नदीमा डुबेर वेपत्ता भएका उदयपुरको बेलका नगरपालिका ८ का ५२ वर्षीय ज्ञानेन्द्र आचार्य अझै फेला परेका छैनन्। मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर र सुनसरी जिल्ला जोड्ने चतराघाटको सप्तकोसी पुलबाट शनिबार साँझ हामफाल्दा आचार्य वेपत्ता बनेका हुन् ।
प्रत्यक्षदर्शीले बताए अनुसार चप्पल, मोबाइल, घडी, कपडा कोसीको किनारामा राखी आचार्य नदीमा हाम फालेका थिए । उनी हामफाल्ने बित्तिकै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि अस्थायी प्रहरी चौकी कोठुबाट गएको टोलीले उनको खोजी गरिरहेको छ ।
उनको खोजी भइरहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !
४