रामवीरको राजीनामा अस्वीकृत, के भने वामदेवले ?

रामवीरको राजीनामा अस्वीकृत, के भने वामदेवले ?

काठमाडौं : नेकपाका सांसद रामवीर मानन्धरको राजीनामा सत्तारुढ नेकपाको सचिवालय बैठकले अस्विकृत गरेको छ। बैठकले उनको राजीनामा अस्विकृत गरेपछि नेकपाको आन्तरिक द्वन्द्व अन्त्य भएको दाबी पार्टीस्रोतले गरेको छ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आइतबार दिउँसो ३ बजेदेखि साढे ४ घण्टा बसेको बैठकमा गौतमले आफ्नो धारणा राखे। ‘पार्टी केन्द्रदेखि टोलसम्म एकता गराउनमा मेरो पनि महत्वपूर्ण भूमिका छ।

एकतालाई पूर्णता दिन पनि सचिवालय नेतृत्वबीच एकता अपरिहार्य छ’, उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा काठमाडौं क्षेत्र ७ का सांसद मानन्धरको राजीनामा अस्वीकृत गर्ने निर्णयमा मेरो सहमति छ। पार्टीभित्रै मानन्धरको राजीनामालाई मेरो सत्तामोह भएको आरोप लगाउँदै मविरुद्ध भएका टिकाटिप्पणीप्रति असहमति जनाउँछु।’

गौतमको भनाइ पूरा हुँदा नहुँदै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले यो समय आपसमा शंका उपशंका गर्ने नभएको बताएका थिए। उनले केन्द्रबाट प्रारम्भ पार्टी एकीकरणलाई गाउँपालिकाका वडासम्मै पूर्णता दिनुपर्नेमा जोड दिएका थिए। उनले पार्टी भित्रको एकतामा असन्तुष्ट देशी र विदेशी शक्तिको डिजाइनमा नपर्न नेतृत्वसँग सांकेतिक रूपमा आग्रह दाबी स्रोतको छ।

पार्टी एकीकरण प्रक्रियाअन्तर्गत जिल्ला कमिटीको पूर्णता, जनवर्गीय संगठनको एकता, केन्द्रीय कमिटीअन्तर्गतका विभाग, समिति र कमिटीहरूको पुनर्गठन, महानगरपालिकादेखि गाँउपालिकाका वडा एकाइसम्म सबैलाई पूर्णता दिनु पर्ने अवस्थामा केन्द्रीय नेतृत्वबीच एकता अपरिहार्य रहेको गौतमले दाबी गरेका छन्।

सचिवालय बैठकले आगामी १२ र १३ गते बस्ने स्थायी कमिटीको एजेन्डा तय गरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालबाट व्यक्त असहमतिपत्रबारे सोमबारको बैठकमा छलफल हुने जानकारी पार्टीका प्रवक्ता नेता नारायणकाजी श्रेष्ठले दिए। उनले भने, ‘आजबाट विधिवत् रूपमा मानन्धरको राजीनामा र वामदेवजी चुनावमा जाने प्रसंग अन्त्य भयो।’ सचिवालयका अर्का एक नेताले भने, ‘नेता गौतमले पार्टीले कुनै पनि विषयमा उपयुक्त निर्णय लिँदै एकता प्रक्रिया सहज रूपमा अघि बढाउनु पर्ने धारणा राख्नुभयो।’

सचिवालयले पार्टी एकता र सरकारको समीक्षाबारे पनि सोमबारको बैठकमा छलफल गर्ने जानकारी उनले दिए। उनले भने, ‘सञ्चारकर्मीले खोजेको जस्तो समाचार सोमबारको सचिवालयको बैठकबाट आउनेछ।’ सोमबारको बैठकमा वरिष्ठ नेता नेपालको असन्तुष्टि, सरकार र पार्टी नेतृत्वको समीक्षा जस्ता जटिल विषय रहेको उनले बताए।

रक्षामन्त्रीसमेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेल सोमबार चीन भ्रमणमा जाँदैछन्। कात्तिक ८ गतेदेखि १३ सम्म गते भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीले नेपाल भ्रमण गर्ने जानकारी केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दिए। येचुरीको भ्रमणअघि नै कम्तिमा पनि जिल्ला कमिटीको एकीकरण प्रक्रियालाई पूर्णता दिनुपर्ने विषयमा नेतृत्वबीच गम्भीर भएको दाबी स्रोतले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.