माइक्रो बसको ठक्करबाट एकको मृत्यु

माइक्रो बसको ठक्करबाट एकको मृत्यु

राजविराज : तिब्र गतिमा गुडिरहेको माइक्रो बसको ठक्करले सोमबार सप्तरीमा एक बृद्धको मृत्यु भएको छ ।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ५ ख १४५१ नम्बरको माइक्रो बसको ठक्करले स्थानीय ६५ वर्षीय अन्दुलाल चौधरीको मृत्यु भएको प्रहरी चौकी महुलीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको जण्डौल सडक खण्डअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ मा माईक्रो बसले अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा सडक किनारमा हिँडिरहेका पैदल यात्री चौधरीलाई ठक्कर दिएको हो । ठक्करले उनको घटनास्थलमै मृत्यु भएको हो ।

चौधरीको मृत्युपछि स्थानीय बासिन्दाले करिब एक घण्टा पूर्व–पश्चिम राजमार्गको जण्डौल खण्ड अवरुद्ध गरेका थिए । माइक्रो बस र चालकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएपछि सडक सुचारु भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.