तरकारी व्यापारीबीच कुटपिट हुँदा एकको मृत्यु, एक घाइते

तरकारी व्यापारीबीच कुटपिट हुँदा एकको मृत्यु, एक घाइते

परासी : आपसी झगडामा कुटपिट हुँदा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते छन्। सोमबार राति ११ बजे पाल्हीनन्दन गाउँपालिका-१ बर्दघाटेपुल नजिक ४/५ जनाको समूहको कुटपिटबाट सोही ठाउँका सुनरी गाउँ बस्ने ३६ वर्षीय गणेश मल्लाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक मोहनबहादुर खाँडले बताए। प्रहरीका अनुसार टाउकोमा फलामको रड प्रहारबाट उनको मृत्यु भएको हो।

दुई जनामाथि ४-५ जनाको समूहले आक्रमण गर्दा पाल्हीनन्दन गाउँपालिका-३ कुस्माका ३६ वर्षीय नवर्देश्वर चौहान घाइते छन्। उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। 

स्थानीय तरकारी व्यवसायी रहेका दुई पक्षबीच झगडा भएको प्रहरीले जनाएको छ। व्यवसायकै विषयमा झगडा भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको नायब निरीक्षक खाँडले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.