बंगलादेशमा नाैगेडी

बंगलादेशमा नाैगेडी

बेसीसहर: नेपाली संस्कार र संस्कृति बोकेको नेपाली नाटक ‘नौगेडी’ बंगलादेशमा मञ्चन गरिएको छ। दर्शकको उत्साहजनक उपस्थिति र बंगलादेशका विशिष्ट व्यक्तिमाझ मञ्चन गरिएको नाटक ‘नौगेडी’ ले भाषा नबुझ्नेको समेत मन जित्यो।

हलमा भरिभराउ दर्शकले हरेक दृश्यको अन्तिममा ताली बजाए। दर्शकबाट हौसिएका नेपाली कलाकारले आफ्नो कला निखारे। नुवाकोटमा हरेक वर्ष मनाइने दुप्चेश्वर मेला र त्यस वरिपरिको जनजीवनलाई नाटकमा समावेश गरिएको छ। उक्त मेलामा गएमा सन्तान नभएकाको सन्तान प्राप्त हुने, प्रेमीहरूको प्रेम सफल हुने, अविवाहितले असल जीवनसाथी पाउने जनविश्वासका आधारमा नाटककार पुरु लम्सालले नाटक लेखेका हुन्।

उक्त नाटकलाई उनैले निर्देशन गरेका छन्। लम्सालका अनुसार नाटकमा मेलासँगै जातीय छुवाछूत र बेचिएका महिलाको कथाव्यथालाई मुख्य रूपमा उतारिएको छ। आदि इत्यादि समूहको प्रस्तुतिमा मञ्चन गरिएको नाटक ‘नौगेडी’ मा जितेन्द्रसिंह ठकुरी, रीता थापा, जेबी डीसी, इन्द्रप्रसाद आचार्य, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमिल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षत्री, विमला देवकोटा अधिकारी, भीष्मराज जोशी, केदार बोहोरा, मञ्जु गिरीलगायतले अभिनय गरेका थिए।

आदि इत्यादिका अन्तर्राष्ट्रिय संयोजक डा. अशोक थापाका अनुसार नाटकमा रहेका मुख्य विषयवस्तुसँगै लोपोन्मुख झा“क्री नृत्य, काँठे गीतलाई दर्शकले मन पराए। त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागमा नाटक विषयमा प्राध्यापनरत समेत रहेका डा. थापाका अनुसार नाटकको अनुसन्धान र शिक्षण गर्ने व्यक्तिले लेखनदेखि प्रदर्शनसम्मका सम्पूर्ण सैद्धान्तिक तथा व्यावहारिक ज्ञानको जानकारी लिन आवश्यक छ। यसैको सिलसिलामा बंगलादेश आएको उनले बताए।

अक्टोबर ९ देखि १६ तारिखसम्म सञ्चालन भइरहेको पहिलो भूमिज अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा बंगलादेशका अलावा नेपाल र भारतका नाटक प्रदर्शन गरिएको आयोजक भूमिज थिएटरका अध्यक्ष सोरकार हैदरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.