मेलाको विषयमा दिनभर तनाव

मेलाको विषयमा दिनभर तनाव

इटहरी : धरानमा मेलाको विषयलाई लिएर तोडफोड र चक्कु प्रहार गरिएको छ। मेलाको विरोध गर्दै आएका युवा तोडफोडमै उत्रिएपछि धरान मंगलबार दिनभर तनावग्रस्त बन्यो। पब्लिक माविको खेल मैदानमा सुरु भएको रमाइलो मेलाको विरोधमा युवाले गेट तोडफोड गरी ढुंगामुढा गरेका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

युवाले तोडफोडका साथै ढुंगामुडा गरेपछि सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको थियो। प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरी भीडलाई तितरवितर बनाएको थियो। बीच बजारमा ढुंगामुढा तथा अश्रुग्याँस प्रहार भएपछि सर्वसाधारण आतंकित बनेका थिए। सोक्रममा बलजीत तामाङ र समक्ष श्रेष्ठ घाइते भएका छन्। बलदीपको टाउकोमा चोट लागेको छ भने समक्ष श्रेष्ठको देब्रे कोखमा छुरा प्रहार भएको छ।

लिम्बुवान र संघीय समाजवादी पार्टीले भने कुनै हालतमा मेला लाग्नै नदिने अडान लिँदै आएका थिए।

धरान उपमहानगरपालिकाले आर्थिक प्रलोभनमा परी मेलाको अनुमति दिएको र मेलाका कारण धरानमा अशान्ति र असुरक्षा बढ्ने भन्दै विपक्षी दलले विरोध गर्दै आएका थिए। एमाले नेतृत्वको उपमहानगरपालिकाले दिएको अनुमतिको विरोधमा नेपाली कांग्रेस, संघीय समाजवादी, संघीय लिम्बुवान मञ्च, धरान एकता समाज, किराँत खम्बुवान साझा पार्टीलगायत दल एवं संघसंगठन उत्रिएका थिए। लिम्बुवान र संघीय समाजवादी पार्टीले भने कुनै हालतमा मेला लाग्नै नदिने अडान लिँदै आएका थिए।

धरानमा तीन वर्षदेखि मेला लागेको छैन। पछिल्लो मेला भने संघीय समाजवादी र लिम्बुवान सम्वद्ध युवा व्यापारीको नेतृत्वमा लागेको बताइन्छ। ‘त्यसपछि पालो सिस्टम गरियो तर अर्काको पालो आउँदा विभिन्न बहानामा मेला रोक्ने प्रयास गरियो’, एक राजनीतिज्ञले भने। अनुमति पाएलगत्तै गत कार्तिक ४ गतेदेखि मेला सुरु भएको थियो। असुरक्षा र अशान्ति हुने भन्दै तीब्र आलोचना भएपछि राति नौ बजेसम्म मात्र मेला लगाउन, सुरक्षाको प्रबन्ध गर्न, जुवाजन्य खेल नराख्न, प्रवेश शुल्क २५ रुपैयाँ बनाउन र राष्ट्रिय कलाकार ल्याउँदा बढीमा एक सय रुपैयाँ मात्र शुल्क तोक्न उपमहानगरपालिकाले निर्देशन नै दिएको थियो।

धरानकी कार्यवाहक प्रमुख मञ्जुु भण्डारीले मेलामा सुरक्षा दिन सक्दिनँ भनेर प्रहरीले भन्न नमिल्ने बताइन्। उनले मेलाको विरोध गरिएको कारण नै आफूले बुझ्न नसकेको प्रतिक्रिया दिइन्। ‘हामीले गाइडलाइन नै तोकेर मेला लगाउने अनुमति दिएका हौं’, उनले भनिन्, ‘इटहरीमा मेला लागिरहेको छ, धरानमा किन विरोध भइरहेको छ, अचम्म लागेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.