आज पनि प्रधानमन्त्रीले लगाए टीका
काठमाडौं : दसैंको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बुधबार अर्थात् दसैंको विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले टीका ग्रहण गरेका छन्।
प्रधानमन्त्री ओलीसँग टीकाको दिनदेखि हालसम्म पनि निरन्तररुपमा टीका ग्रहण गर्ने विशिष्ट व्यक्ति तथा सर्वसाधारणको उल्लेख्य भीड लागेको छ।
दसैंको अन्तिम दिन बुधबार मन्त्री, प्रतिनिधिसभाका सदस्य, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्ति, राजनीतिक दलका नेता, कार्यकर्ता तथा सर्वसाधारण गरी दुई सय बढीले टीका ग्रहण गरेका छन्।
टीका लगाइदिँदै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। उनले देश विकासमा एक ढिक्का भई समृद्ध नेपाल सुखी नेपाली बनाउनका लागि आआफ्नो ठाउँबाट लागिपर्न प्रेरणा मिलोस् भन्दै सबैमा शुभकामना व्यक्त गरेका छन्। रासस