‘कानुन पालनामा सरकार कठोर बन्नुपर्छ’

‘कानुन पालनामा सरकार कठोर बन्नुपर्छ’

बिर्तामोड : महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले अब सरकार कानुन पालनामा कठोर बन्नुपर्ने बताएका छन्। उनले समाजलाई शान्त र मान्छे बस्न योग्य बनाउन कानुन पालनामा कठोर बन्नुपर्नेमा जोड दिए। 

बुधबार झापाको कनकाई नगरपालिकामा आयोजित ‘झापामा अपराधको स्थिति कारण र निराकरणमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले राज्यले कानुनको पालना गराउन सके मात्र समाज हुँदै देश शान्त बन्ने बताए। 

‘आज हामी नियन्त्रणको कुरा गरिरहेका छौँ, निषेधको होइन। तर कतिपय विषयलाई निषेश गर्नुपर्ने आवश्यकता देखिएको छ’, खरेलले भने, ‘समाजलाई शान्त र मान्छे बस्न योग्य बनाउनका लागि सरकार अब कानुन पालनामा कठोर बन्नै पर्छ।’ 

समाजमा हुने केही अपराधिक क्रियाकलाप रोक्न  निषेध नै गर्नुपर्ने उनको भनाइ छ। 
आधुनिक लोक कल्याणकारी राज्य स्थापना गर्नु र प्रतिनिधि मुलक व्यवस्थालाई स्थानीय तह हुँदै कानुनी राज्य निर्माण गर्नुको पहिलो खुड्किलो रहेको खरेलको तर्क छ। 

कानुनको अधिनमा रहेर अधिकार प्रयोग गरे स्थानीय सरकार नागरिक मैत्री बन्ने उनको भनाइ छ। खरेलले अनुसन्धान कमजोर भयो भने अभियोजन पनि कमजोर हुने भएकाले अनुसन्धानलाई प्रभावकारी बनाउन सरकारी वकिललाई निर्देशन दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.