संक्रमित बालबालिकालाई माया बाँड्दै राधिका

संक्रमित बालबालिकालाई माया बाँड्दै राधिका

ललितपुर : केपी शर्मा ओली चार वर्षअघि पहिलो पटक प्रधानमन्त्री बन्दा पत्नी राधिका शाक्य कीर्तिपुरको भत्केपाटीस्थित बेबी लाइफ होम पुगेकी थिइन् । जहाँ २३ जना एचआईभी संक्रमित बालबालिका संरक्षित छन् । 

सरकारी निवास बालुवाटारमा रहँदा संक्रमित बालबालिकाबारेमा समाचार सुनेपछि शाक्य उनीहरु बसेको घर खोज्दै खोज्दै त्यहाँ पुगेकी थिइन् । शाक्यलाई देख्दा  बालबालिकाका अभिभावक राजकुमार पुन र उमा गुरुङ आश्चर्यचकित भएका थिए । 

‘त्यसपछि यहाँ सं‌रक्षित बालबालिकासँग ओली दम्पतीको भावनात्मक सम्बन्ध गाँसियो’, होमका सञ्चालद्वय पुन र गुरुङले भने, 'दसैँ-तिहार लगायतका चाडपर्वमा यी दम्पतीले बालबालिकालाई आफनो घरमै बोलाउँछन् । उनीहरुको स्वास्थ्य अवस्थाको चासो राख्दै र मीठो मसिनो खुवाएर पठाउँछन्  ।' 

गत वर्ष लक्ष्मीपूजाको दिन ‘बालबालिकालाई लिएर आउनू’भनेपछि सबै बालबालिकासहित गुरुङ र पुन ओलीनिवास बालकोट पुगेका थिए । घरमा विभिन्न समुहमा आएका देउसेसँग व्यस्त रहे पनि उनीहरुले बालबालिकालाई विषेश समय दिए । 

शाक्य आफैँले बालबालिकालाई सेलरोटी र तरकारी खुवाइन् । संरक्षित सबै बालबालिका निकै प्रतिभावान छन् । उनीहरुले ओली दम्पतीलाई मीठो गीत गाएर सुनाए, छमछमी नाचेर पनि देखाएका थिए ।  

प्रधानमन्त्री हुँदा या नहुँदा पनि यी बालबालिकालाई भेट्दै आएका छन् ओलीदम्पती । यो वर्ष अत्यन्त व्यस्तताका बाबजुद यी दम्पतीले बालबालिकालाई बालुवाटारमा बोलाएर विषेश माया देखाएको पुन र गुरुङ बताउँछन् । 

बालुवाटारमा प्रधानमन्त्री पत्नी शाक्य आफैँले बालबालिकालाई बैठककक्षसम्म पुर्‍याएकी थिइन् । उनीहरुले एकै स्वरमा भने ‘यति ब्यस्त समयमा पनि बालबालिकालाई दुई घण्टा भन्दा धेरै समय दिनुभयो ।’

बालुवाटारमा प्रम ओलीले बालबालिकासँगै खाना पस्केर खाए । बालबालिकाले खाइनसकुन्जेल दुवैजना कुरिरहे । बालबालिकाको स्वास्थ्य समस्याबारे चासोपुर्वक सोधे । गुरुङले भनिन्, ‘प्रधानमन्त्रीले समय दिएर बालबालिकासँग रमाउनुभयो ।’ 

२३ जना बालबालिकामध्ये सोनी बिक मीठो गाउँछिन् । उनले संरक्षित रहँदै केही गीत रेकर्डिङ पनि गराइसकेकी छन् । उनैले ‘यही धर्तीमा जन्मे यही धर्तीमा हुर्केँ तर म अटिनँ, एक्लै छोडी कहाँ गयौ बाबा मलाई किन लगेनौँ’ भन्ने गीत प्रधानमन्त्रीलई सुनाइन् । 

सोनीको आफनै भाइ सोमालिया बिकले मुखले बजाउने बाजा (बिटबक्स) बजाउँदा ओलीले निकै उत्सुकताका साथ हेरेका थिए । र, बालकहरु करण सुनार र करण थापाले पनि गीत गाउँदा प्रधानमन्त्रीले हौसला दिएका थिए । 

यसअघि सुशील कोइराला र पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा भेटका लागि अनुरोध गर्दा समय नपाएको सम्झना गर्दै पुन र गुरुङले ओली दम्पती आफैँले बालबालिकालाई भेट्न चासो राख्दा निकै खुसी लागेको बताए ।  

२३ मध्ये प्रकाश, उर्मिला र मञ्जु लगायत अब किशोर अवस्थामा पुगिसकेका छन् र उनीहरुले आफनो पहिचान लुकाउन जरुरी नरहेको बताउन थालेका छन् । आफ्नो समाचारसँगै प्रकाशित फोटोमा अपराधीलाई जस्तो अनुहार छोपेकोमा आपत्ति जनाउँदै उनीहरुले संक्रमित बालबालिकाबारे लेखिएका कानुनी प्रावधान सुधार हुनुपर्ने तर्क उनीहरुले गरेका छन् । र, सम्बन्धित निकायले बालबालिकाको पहिचान र अधिकारबारे सोचिदिनुपर्ने पनि आग्रह  गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.