सीपी गजुरेलको गुनासो : कम्युनिष्ट भन्न लाज लागिसक्यो

सीपी गजुरेलको गुनासो : कम्युनिष्ट भन्न लाज लागिसक्यो

काठमाडौं :  नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प अहिले नेकपाभित्र कोही पनि नरहेको बताएका छन् । 

‘प्रचण्ड अहिले प्रधानमन्त्री हुने कुनै सम्भावना छैन । प्रचण्डमात्रै होइन, ओलीको विकल्प अहिले माधव नेपाल पनि होइन’, उनले भने, ‘संविधानतः ओलीको अहिले विकल्प छैन । सडक आन्दोलनबाट चाहिँ हटाउन विकल्पै विकल्प छन् ।’

बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकार कुनै कोणबाट सफल नभएको दाबी गरे । ‘ओली सरकारले जनताको आँखामा छारो हाल्ने कामभन्दा अरु केही पनि गर्न सकेको छैन’, गजुरेलले भने, ‘यो सरकारलाई सफल सरकार भन्ने ठाउँ कतैपनि छैन ।’

साक्षात्कारमा बोल्दै उनले सरकारको गतिविधि गतिलो नभएको बताए । ‘ओली सरकारको यो ७ महिनाको क्रियाकलाप हेर्दा पूर्णरुपमा असफल भयो’, उनले भने, ‘यसलाई सफल भन्ने केही पनि आधार छैन ।’ 
ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेदेखि पेट्रोलियम पदार्थको मुल्य बढेको उनले गुनासो पोखे । ‘त्यसको असर खाद्यान्नदेखि दैनिक उपभोग्य वस्तुमा परेको छ’, गजुरेलले थपे, ‘दसैंअघि १२० रुपैयाँ पर्ने च्याउ दसैंको मुखमा २२० पुग्यो, यसमा १०० प्रतिशत मुल्य बढेको छ ।’

नेता गजुरेलले साढे ३३ केजी सुन प्रकरणमा सरकारले केही समय हल्ला गरे पनि अहिले त्यो सुन नै गायब भएको आरोप लगाए । ‘शान्ति, सुरक्षाको अवस्था त्यस्तै छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको यति दिन भयो । तर, अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन’, गजुरेलले भने, ‘प्रधानमन्त्री ओलीले अपराधी पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो । यतिका वर्ष भइसक्यो मदन भण्डारीको हत्यारा त पत्ता लगाउन सकिएको छैन ।’

मुलुकको राष्ट्रिय स्वाधिनता रक्षा गर्न पनि सरकार चुकेको उनले आरोप लगाए । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा जनकपुरमा ओली र मोदीले लगाएको पोशाक हेर्नुभए पुग्छ, मोदी आउँदा २५० जना स्पेशल कमाण्डहरुले हिमालदेखि तराईसम्म परेड खेले’। गजुरेलले भने, ‘नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरा अहिले भारतमा परेका छन् । त्यही नक्सा प्रधानमन्त्री कार्यालयमा झुण्डाइएको छ । ७ प्रदेशमा १००१९ वर्ग किलोमिटर क्षेत्रफल पुग्दैन । कहाँ हरायो ? सरकारलाई केही थाहा छैन ।’

गजुरेलले उनले वर्तमान सरकार दुईतिहाइ बहुमतको भएकाले संविधानतः हटाउन नसकिने बताए । ‘यो मन नपरेको र असफल भइसकेको सरकारलाई जनताले कति दिन र वर्ष बोकेर हिँड्नुपर्ने हो ?’, गजुरेलले भने, ‘सरकारलाई हटाउन पनि सकिँदैन । संविधानमै त्यस्तो प्रावधान छ । असफल सरकार बोकेर हिँड्नुपर्ने नेपाली जनताको नियति ? यो संविधानको असफलता हो । जनतालाई बोझ भएको सरकार हटाउन नपाउने ? संविधानमा त्यो अधिकार खोसिएको छ ।’

कहिलेकाहीँ त आफूहरुलाई कम्युनिष्ट भन्न पनि लाजै लागेर आउने उनले सुनाए । ‘नेकपाले पनि हामी कम्युनिष्ट भन्छ । अहिले नेकपाकै सरकार छ’, उनले भने, ‘जनताले यो सरकारलाई थुकिराखेका छन् । त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्न पनि हामीलाई लाजै लाग्छ ।’

सत्तामा नभएका वामपन्थीहरुसँग आफ्नो पार्टीले एकताको लागि वार्ता तथा छलफल गरिरहेको उनले सुनाए । ‘एक राउण्ड छलफल हामीले विप्लवजीसँग पनि गर्‍यौं । मोहनविक्रम सिंहसँगपनि गर्यौं । ऋषि कट्टेलजीसँग वार्ता गर्‍यौँ । अहिले वार्ता तथा छलफल परिपक्व भैसकेको छैन् । हामीसँग वैचारिक मतभिन्नताहरु छन्’, गजुरेलले थपे, ‘तर, कार्यगत एकता गर्‍यौं । केही समय यता विप्लवसँग कार्यगत एकता अगाडि बढ्न सकेको छैन । विप्लवका नेताहरुलाई सरकारले धरपकड गरेकोले अहिले हाम्रो सम्पर्क टुटेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.