प्रचण्डलाई दिल्लीमा निम्ता
काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इन्डिया फाउण्डेसनले एक कार्यक्रमका लागि निम्तो पठाएको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भारतका पूर्व प्रधानमन्त्री अटल विहारी बाजपीयको नाममा स्थापना भएको फाउण्डेसनले निम्ता पठाएको हो।
केही समय अगाडि नै निम्तो आएको भए पनि प्रचण्ड दिल्ली जाने टुंगो भने लागिसकेको छैन। पार्टी सचिवालय बैठक चलिरहेकाले प्रचण्ड दिल्ली जाने विषय टुंगो नलागेको उनको सचिवालयले जनाएको छ।
‘निम्तो आएको छ। तर, उहाँ दिल्ली जाने टुंगो लागेको छैन’, उनका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘जाने वा नजाने भन्ने टुंगो बिहीबार मात्र लाग्छ।’
प्रचण्डलाई फाउन्डेसनले शुक्रबारदेखि दिल्लीमा सुरु हुने कार्यक्रममा सहभागी हुन निम्तो पठाएको हो। प्रचण्डलाई उक्त कार्यक्रममा सम्बोधन गर्नेगरी निम्तो पठाइएको छ।