रकमान्तरको छानबिन गर्न खानेपानी मन्त्रालयको छानबिन टोली

रकमान्तरको छानबिन गर्न खानेपानी मन्त्रालयको छानबिन टोली

काठमाडौं : खानेपानी मन्त्रालयले रकमान्तरबारे छानबिन गर्न सात वटै प्रदेशमा अनुगमन टोली गठन गरेको छ। बुधबार दिउँसो मन्त्रालयमा बसेको बैठकले छानबिन टोली गठन गरेको हो। 

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानबिन टोली गठन गरेको हो। बैठकले रकमान्तरका विषयमा भएको यथार्थ १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन पनि दिएको छ।

अनुगमनमा टोलीमा प्रदेश १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, प्रदेश ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन्।

त्यसैगरी प्रदेश ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश ६ मा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र प्रदेश ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन्। अनुगमन टोलीले रकमान्तरका विषयमा अध्ययन र छानबिन गर्नेछ।

बुधबार अन्नपूर्ण पोस्ट्मा खानेपानी मन्त्रालय मातहतका कार्यालयमा रकमान्तर भएको भन्ने समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक बोलाएको थियो। खानेपानी मन्त्री बिना मगरको निर्देशनमा बसेको बैठकले यथार्थ विवरण आएपछि थप निर्णय लिने बताएकी छन्।

मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानबिन टोली गठन गर्न खानेपानी मन्त्री मगरले सचिव ठाकुरलाई निर्देशन दिएकी थिइन्। 
 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.