कांग्रेस बैठक अनिश्चित

कांग्रेस बैठक अनिश्चित

काठमाडौं : कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित बनेको छ। असोज २१ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले बहुमतका आधारमा नेविसंघमा ३२ बर्से उमेरहद तोकेपछि शीर्ष नेतृत्वबीच मनमुटाव बढ्दै गएको छ। फलस्वरूप असोज २५ मा बोलाइएको बैठकसमेत स्थगत भएको थियो।

दसैंलगत्तै बैठक गर्ने बताए पनि कांग्रेसले अझै त्यसको टुंगो लगाउन सकेको छैन। बैठक भइहाले पनि सभापति शेरबहादुर देउवा इतरका नेताले बहिष्कार गर्ने चेतावनी दिएका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले असोज २१ को बैठकमा नोट अफ डिसेन्ट लेखेर विरोध जनाएका थिए।

उनीहरू नेविसंघले सर्वसम्मत तरिकाले पार्टीमा पेस गरेको विधान लागू हुनुपर्ने पक्षमा छन्। तर सहमहामन्त्री डा. प्रकाशशरण महतको प्रस्तावलाई सभापति देउवाले बहुमतबाट पास गराएपछि वरिष्ठ नेता पौडेल, नेता सिटौला, सिंह र केसीले पछि बस्ने बैठकमै उपस्थित नहुने जनाउ दिएका थिए।


कांग्रेसले नेविसंघको विधान पारित नगर्दा कात्तिक १६ देखि हुने भनिएको महाधिवेशन प्रभावित हुने देखिएको छ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार वरिष्ठ नेता पौडेल काठमाडौं फर्किएपछि पार्टीको बैठक गर्ने तयारी भइरहेको छ। पौडेल भारतका विभिन्न तीर्थस्थल भ्रमणमा छन्। ‘उहाँ (पौडेल) फर्किएलगत्तै पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्नेछ’, महतले भने। वरिष्ठ नेता पौडेलसहितका नेता काठमाडौं नआइदिँदा पार्टीको बैठक प्रभावित भएको उनको भनाइ छ।

कांग्रेसले नेविसंघको विधान पारित नगर्दा कात्तिक १६ देखि हुने भनिएको महाधिवेशन प्रभावित हुने देखिएको छ। नेविसंघले कात्तिक १६ मा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। असोज ९ देखि नै महाधिवेशनका अन्य कार्यतालिकासमेत सार्वजनिक गरेको नेविसंघले त्यसलाई समेत पूरा गर्न सकेको छैन। मंसिर पहिलो साताभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने बाध्यता छ।

सभापति देउवाले पार्टीमा जानाजानी अनावश्यक विवाद सिर्जना गरेर नेविसंघको महाधिवेशन र पार्टीको महासमिति भेला सार्न खोजेको कांग्रेस नेता केसीको आरोप छ। ‘साथीहरूबीच सल्लाह गर्नेभन्दा पनि सभापतिले आफूअनुकूलको काम मात्रै गर्दा पार्टीको काम प्रभावित भइरहेको छ’, उनले भने। सभापतिले नेविसंघ महाधिवेशन प्रभावित गरेर आफूअनुकूलको तदर्थ समिति बनाउन लागिपरेको र मंसिरमा महासमिति भेलासमेत गर्न नखोजेको केसीसहित देउवाइतर समूहका नेताको भनाइ छ।

पार्टीको बैठक नबस्दा नेविसंघको महाधिवेशन प्रभावित हुने सम्भावना देखिए पनि महासमिति भेला भने कुनै पनि सर्तमा नसर्ने सहमहामन्त्री महतले दाबी गरे। ‘पार्टीले विधान पारित नगरिदिँदा कात्तिक १६ मा हुने भनिएको नेविसंघको महाधिवेशन गर्न गाह्रो हुन सक्छ,’ उनले भने, ‘त्यसको टुंगो पनि पार्टीले चाँडै लगाउनुपर्छ।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक प्रभावित हुन थालेपछि मंसिरमा हुने भनिएको महासमिति भेलासमेत प्रभावित हुन सक्ने अनुमान गरिएको छ। पार्टीले गठन गरेको विधान मस्यौदा समितिले पार्टीको नयाँ विधान लेख्ने काममा तीव्रता दिए पनि प्रमुख मुद्दामा समितिभित्रै पनि एक मत छैन।

पार्टी सभापतिलाई थप बलियो बनाउने गरी पार्टीको विधान मस्यौदा समितिले लेख्न थालेपछि त्यसप्रति पनि वरिष्ठ नेता पौडेल, सिटौलासहितका नेता रुष्ट छन्। विधान पारित गर्न आवश्यक दुईतिहाइ बहुमत सभापतिसँग नभएको भन्दै महासमिति भेलामा त्यसमाथि काँटछाँट गर्न सक्ने उनीहरूको आकलन छ। केन्द्रीय कार्यसमितिमा अल्पमतमा रहेका सभापति देउवा इतर समूह महासमितिमा आफूहरूको समर्थनबिना दुईतिहाइ नपुग्ने भएकाले महासमिति भेला गर्न जोडबल गरिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.