नेकपाको चियापानमा ‘विदेशी पाहुना’

नेकपाको चियापानमा ‘विदेशी पाहुना’

काठमाडौं : सत्तारुढ नेकपाले दसैं, तिहार, नेपाल सम्वत, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्न लागेको शुभकामना तथा चियापान कार्यक्रममा विदेशी पाहुनासमेत सहभागी हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा शनिबार (कात्तिक १० मा) आयोजना हुन लागेको चियापानमा नेकपाले भारतीय कम्युनिस्ट पार्टी भाकपा (माक्र्सवादी)का महासचिव सीताराम येचुरीलाई पनि सहभागी गराउने भएको छ।

पुष्पलाल स्मृति प्रतिष्ठानको निम्तोमा येचुरी बिहीबार काठमाडौं आउँदैछन्। प्रतिष्ठानको अध्यक्ष नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपाल छन्। उनको सम्मानमा नेकपाले बिहीबार राति होटल द्वारिकाजमा रात्रिभोजको आयोजना गर्नेछ।

काठमाडौंमा रहँदा येचुरीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल लगायतसँग छुट्टाछुट्टै भेटघाट गर्ने छन्। शुक्रबर उनले पुष्पलाल प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्ने छन्। शनिबार नेकपाको चियापानमा सहभागी हुने उनले आइतबार पोखरा भ्रमण समेत गर्ने कार्यक्रम छ।

५० हजारलाई निम्तो !

नेकपा एकीकरण अघिका पूर्वघटकहरूले चाडबाडको अवसर पारेर विगतमा पनि चियापान आयोजना गर्दै आएका थिए। तत्कालीन एमालेले २०५१ र तत्कालीन माओवादीले २०६४ सालदेखि पार्टीको केन्द्रीय आयोजनामा चियापान कार्यक्रम गर्दै आएका थिए।

यसपटक भने पार्टी एकीकरण भएकाले शनिबार चियापान हुन लागेको हो। चियापान तथा शुभकामना आदानप्रदानका लागि कम्तीमा ५० हजारलाई निम्तो कार्ड बाँडिएको नेकपा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए। चियापानमा येचुरीका अतिरिक्त अन्य ४ तहमा वर्गीकरण गरी विदेशी पाहुनालाई निम्तो गरिएको केन्द्रीय सदस्य युवराज चौलागाईले बताए। नेपालमा रहेका आवासीय राजदूतहरू, राष्ट्र संघ र राष्ट्र संघीय एजेन्सीका प्रतिनिधि, नेपालमा कार्यरत डोनर एजेन्सी (आईएनजीओ)का प्रतिनिधिहरू र मानार्थ वाणिज्यदूतहरूलाई निम्तो गरिएको चौलागाईले बताए।

चियापानका लागि शनिबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म सर्वसाधारणका लागि र त्यसपछि ३ देखि ५ बजेसम्म विशिष्ट पाहुना, कूटनीतिक नियोगका प्रतिनिधि, संवैधानिक अंगका पदाधिकारी र राजनीतिक दलका नेताहरूलाई निम्तो गरिएको छ। बुधबार नेकपा महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य योगेश भट्टराई र केन्द्रीय सदस्य श्रेष्ठलगायत नेताहरूले आयोजनास्थल भृकुटीमण्डपको निरीक्षण गरेका थिए। तयारीलगायत काम सकिएको नेकपाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.