युरो एसियन इनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन सर्विया प्रस्थान

युरो एसियन इनर्जी फोरममा भाग लिन उर्जामन्त्री पुन सर्विया प्रस्थान

काठमाडौं : उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन सर्वियाली सरकारको निम्तोमा बेलग्रेट प्रस्थान गरेका छन्। सर्वियाको बेलग्रेटमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। 

शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा  मन्त्री पुनसँगै उर्जामन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव दिनेश घिमिरे र निजी सचिवालयमा कार्यरत शाखा अधिकृत कमानसिंह थापासमेत भ्रमण दलमा सहभागी छन्। सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सर्विया भ्रमणका क्रममा उनले आफ्ना समकक्षी उर्जा / माइन हेर्ने सर्वियाका मन्त्री एलेकजेण्डर एण्टिक र प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए। 

सम्मेलनमा युरोप र एसियाका विभिन्न देशका मन्त्री र उच्च अधिकारीको सहभागिता रहनेछ । सम्मेलनमा नेपालको उर्जा क्षेत्रको अवस्था र लगानीको सम्भावना बारे मन्त्री पुनले जानकारी गराउने कार्यक्रम रहेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.