पाँच तस्बिरमा हेर्नुहोस् रुकुमकोटको सुन्दरता

पाँच तस्बिरमा हेर्नुहोस् रुकुमकोटको सुन्दरता

रुकुमकोट : नेपालको कान्छो जिल्ला र प्रदेश नं. ५ को एकमात्र हिमाली जिल्ला हो रुकुम पूर्व। तर, जिल्लाको परिचय यति मात्र भने बिल्कुल होईन। किनकी यो जिल्ला प्राकृतिक सौन्दर्यताको अनुपम उदाहरण पनि हो। 

सिस्ने, भुमे र पुथा उत्तरगंगा गरी तीन गाउँपालिका अर्थात जम्मा तीन स्थानीय तह रहेको यस जिल्लाको सदरमुकाम हो रुकुमकोट। आजभन्दा ४४ वर्ष अघि साविक रुकुम जिल्लाको सदरमुकाम रहेको रुकुमकोटबाट जिल्ला सदरमुकाम २०३० सालमा हालको रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा सारिएको थियो।

जिल्लाको नाम नै यसै ठाउँबाट रहेको र अन्य विभिन्न कारणलेसमेत सामरिक महत्वको स्थान मानिएको रुकुमकोटलाई संघिय विभाजन पश्चातको नयाँ जिल्ला रुकुम पूर्वको सदरमुकामको रुपमा कायम गरिएको थियो। तर गत माघ ११ गते तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले जिल्लाको सदरमुकाम रुकुमकोट नभई पुथा उत्तरगंगा वडा नं. १२ गोलखारामा रहने भनि निर्णय गरेपछि यहाँका स्थानीय आन्दोलित भए।

२०३० साल बैशाखमा जतिबेला रुकुमको सदरमुकाम रुकुमकोटबाट मुसीकोट सारिएको थियो त्यो बेला पनि रुकुमकोट र आसपासका नागरिकले ठुलो आन्दोलन गर्नुपरेको थियो। त्यतिबेला खोसिएको आफुहरुको सदरमुकामबासी हुने अधिकार ४४ वर्षपछि फिर्ता आएको अनुभूत गरेर खुसी भएका रुकुमकोटबासीलाई पुन: सदरमुकाम गोलखारा सार्ने निर्णयले झस्काएको छ। सदरमुकाम रुकुमकोट मै कि गोलखारा भन्ने विषय सर्वोच्च अदालतमा अहिले पनि विचाराधिन छ। 

सिस्ने गाउँपालिका वडा नं. ४ र ५ अन्तरगत पर्ने रुकुमकोटको सुन्दरतालाई कमल तालले थप चमक प्रदान रहेको छ। ‘बाउन्न पोखरी, त्रिपन्न ठाकुरी’ को उपमाले समेत चिनिएको यो उपत्यकामा कमल तालसँगै अन्य धेरै स्थानहरु घुम्नका लागि उपयुक्त छन्। 

भिमकाय पहाडको बीचमा, एवंम् सानीभेरी नदीको समिपमा अनि सिस्ने र पुथा हिमालको काखका अवस्थित सुन्दर रुकुमकोटका तस्बिरहरु। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.