बास्तोलाको शोकसभामा भक्कानिए निधी
काठमाडौं : कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको निधनको १३ औं दिनमा पार्टीले औपचारिक शोकसभाको आयोजना गरेको छ। पार्टी मुख्यालय सानेपामा आयोजना गरिएको शोकसभामा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय शशांक कोइराला र पूर्णबहादुर खडकासहित बास्तोलाका छोरीहरुको उपस्थिती थियो।
शोकसभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले बास्तोलाको भूमिका देश र कांग्रेस दुवैका लागि महत्वपूर्ण भएकाले समयले उनको मूल्याकंन गर्ने बताए। देउवाले बास्तोबाट राजनीतिक प्रेरणा पाएको समेत बताए।
माओवादीलाई जनयुद्धबाट शान्ति प्रक्रियामा ल्याउन बास्तोलाको भूमिका समेत महत्वपूर्ण भएको भन्दै देउवाले आजको संघीय लोकतान्त्रिक गणतन्त्रमा बास्तोलाको अभाव सदैव खडकिने बताए।
शोकसभालाई सम्बोधन गर्दै बास्तोलालाई संझिएर उपसभापति निधी भक्कानिएका थिए। निधीले आफू सधैं बास्तोलाको राजनीतिबाट प्रभावित भएको बताए। पार्टी र देशको वर्तमान अवस्थामा पनि बास्तोलाको भूमिका सान्र्दभिक भएको निधीले बताए।
कार्यक्रममा बास्तोलाका छोरीहरु र सभासद सरिता प्रसाईंले आफ्नो मनतव्य राखेका थिए।