नेकपा सचिवालय बैठक : थापा र पौडेल सदस्य रहेको कार्यदल

नेकपा सचिवालय बैठक : थापा र पौडेल सदस्य रहेको कार्यदल

काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यसमिति सदस्यको जिम्मेवरी मिलाउन र प्रदेश समिति सदस्य छान्नका लागि २ सदस्यीय कार्यदल निर्माण गरेको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दिउँसो सम्पन्न बैठकले प्रदेश समितिमा एकता टुंग्याउने तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने प्रयोजनका लागि २ वटा कार्यदल बनाएको हो । 

नेकपाले बनाएको कार्यदलमा पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेका छन् । पार्टी महासचिव विष्णु पौडेलले सचिवालयल बैठकबाट प्रदेश सदस्य छान्न र केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने कुराको टुंगो लगाउने जिम्मा कार्यदलको काँधमा आएको बताए । 

यो कार्यदलले केन्द्रीय सदस्यको जिम्मेवारी र प्रदेश समिति सदस्यको छनोट गरेको विवरण सचिवालयमा पेस गर्नेछ । त्यसपछि सचिवालयले सूचीलाई अन्तिम रुप दिने निर्णय भएको हो । 

नेकपाको यसअघिको सचिवालय बैठकले पार्टीका इन्चार्ज, सह-इन्चार्ज, अध्यक्ष र सचिव छानिसकेको छ । तर त्यसमा पार्टीका केही नेताले गम्भीर असहमति जनाएका छन् । 

वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले यसमा फरक मत राखेका छन् । मुख्यमन्त्री भएकालाई पनि प्रदेश ईन्चार्ज बनाएको भन्दै दुवै नेताले बैठकमै नोट अफ डिसेन्ट लेखेका छन् ।

एकताको घोषणा भएको छ महिना भइसक्दा पनि केन्द्रीय कमिटी सदस्यहरुले जिम्मेवारी पाउन सकेका छैनन् । जसका कारण नेकपाका कयौँ नेता असन्तुष्ट छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.